
काठमाडौं । रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेडले सामुहिक लगानी कोषको इकाई निष्काशन गरेको छ । क्यापिटलले रिलायबल समुहिल लगानी कोष अन्तर्गत संचालन हुने रिलायबल समृद्धि योजना २ नामको बन्दमुखी योजनाको इकाई निष्काशन गरेको हो ।
यस योजनाको आकार १ अर्ब रहेको छ। यस योजना अन्तर्गत क्यापिटलले प्रति इकाई १० रुपैयाँको दरले १० करोड इकाई निष्काशन गरेको छ। जस मध्ये कोष प्रबर्दक रिलायबल नेपाल लाइफ इन्स्योरेन्सलाई १४ प्रतिशत अर्थात् १ करोड ४० लाख इकाई र योजना व्यवस्थापक रिलायबल क्यापिटललाई १ प्रतिशत अर्थात् १० लाख इकाई सुरक्षित गरिएको छ । बाँकि रहेको ८ करोड ५० लाख इकाईमा सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।
आवेदन दिंदा न्युनतम १०० कित्ता र अधिकतम अधिकतम १ करोड कित्ताको लागि आवेदन दिन सकिने छ । यस निष्काशनमा छिटोमा जेठ १ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा जेठ १२ गतेसम्म आवेदन दिन सकिने छ ।













समाचार
सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल
आज इन्द्रजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक विदा
एसियाली राजमार्गः स्टिल अभावले पुल निर्माण प्रभावित
प्रतिकूल मौसम र भारी वर्षाको जोखिमका कारण धवलागिरि हिमाल आरोहण टोली आधार शिविरबाट फर्कियो
अलैँची टिप्न र सुकाउन व्यस्त छन् भोजपुरका किसान
एसियन गेम्स पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानसँग खेल्दै
धादिङको कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
प्रधानमन्त्री शाहले यूएन महासभामा भने– ‘नेपालबाट आएको यो चेतावनी मानवताका लागि हो’
प्रधानमन्त्री बालेन र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता
आजको मौसम : यी स्थानमा अति भारी वर्षाको सम्भावना