
काठमाडौं । साताको सेयर कारोबार हुने दोस्रो दिन नेप्से परिसूचक उच्च अंकले घटेर कारोबार भएको छ । अघिल्लो दिन बढेको बजार आज ३९.४४ अंकले घटेर २७४४.४० विन्दुमा पुगेको हो ।
आज सेयर बजार १.४१ प्रतिशतले घटेको छ । आज सेयर बजारमा २५१ कम्पनीको सेयर मूल्य घटेको छ । आज १३ कम्पनीको सेयर मूल्य बढेको छ भने ५ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि ५.१५ अंकले घटेर ४६८.२६ विन्दुमा पुगेको छ । आज १३ उपसूचकमध्ये १२ वटाको मूल्य घटेको छ भने एउटाको बढेको छ ।
परिसूचक घटेको दिन सेयर बजारमा ४ अर्ब ६६ करोड माथिको कारोबार भएको छ । आज ३३८ कम्पनीका १ करोड ६ लाख ७८ हजार ५५० कित्ता सेयर ६२ हजार ५१२ पटक खरिद बिक्री हुँदा ४ अर्ब ६६ करोड ५० लाख २० हजार ६७७ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा एक कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।













समाचार
मन्त्री मेहताद्वारा ट्रमा सेन्टरको निरीक्षण
तटबन्धले सुरक्षित दोधारा चाँदनीको कुतियाकवर
माहुत समुदायः परम्परागत पेसा छुट्यो, अभाव र सङ्कट घटेन
डोको बुन्दै, सीप सिकाउँदै
नयाँ बसपार्कमा टिकट लिन रातिदेखि यात्रुको लाइन
शिक्षकबाट कृषिउद्यमी बनेका फेन्चु अरुका लागि अनुकरणीय
पाकिस्तानलाई १.२ अर्ब डलर सहयोगमा आईएमएफको सहमति
बाढीले पुलमा क्षति पुर्याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर
कांग्रेस १५औँ महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि आज मतदान
मनसुनी वायुको प्रभाव कायमै, ती प्रदेशमा भारी वर्षाको सम्भावना