
काठमाडौं । गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आइपिएल)ले सनराइजर्स हैदराबाद लाई ८२ रनले पराजित गरेको छ । यो जितसँगै गुजरात अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ ।
अहमदाबादमा पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ६८ रन बनायो। गुजरातका लागि साइ सुदर्शन ले ४४ बलमा ६१ रन बनाए । वासिङ्टन सुन्दर ले ३३ बलमा ५० रन जोडे । हैदराबादका लागि प्रफुल हिङ्गे र साकिबले समान २ विकेट लिए । १ सय ६९ रनको लक्ष्य पछ्याएको हैदराबाद सुरुवातमै दबाबमा प¥यो। गुजरातका तीव्र बलर कागिसो रबाडा र मोहम्मद सिराज ले सुरुवाती ओभरमै उत्कृष्ट बलिङ गर्दै हैदराबादलाई ठूलो झड्का दिए ।
पावरप्ले सकिँदासम्म हैदराबाद ४ विकेट गुमाएर मात्र ३४ रनमा सीमित भयो। हैदराबादको इनिङ्स लामो समय टिक्न सकेन र टोली १४.५ ओभरमा मात्र ८६ रनमा अलआउट भयो। टोलीका कप्तान प्याट कमिन्सले सर्वाधिक १९ रन बनाए। गुजरातका लागि जेसन होल्डर र कागिसो रबाडाले समान ३ र प्रसिद्ध कृष्णा ले २ विकेट लिए । यो जितसँगै गुजरातले १६ अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। साथै अहमदाबादमा सन् २०२३ यता हैदराबादविरुद्ध गुजरातको लगातार चौथो जित हो।













समाचार
मन्त्री मेहताद्वारा ट्रमा सेन्टरको निरीक्षण
तटबन्धले सुरक्षित दोधारा चाँदनीको कुतियाकवर
माहुत समुदायः परम्परागत पेसा छुट्यो, अभाव र सङ्कट घटेन
डोको बुन्दै, सीप सिकाउँदै
नयाँ बसपार्कमा टिकट लिन रातिदेखि यात्रुको लाइन
शिक्षकबाट कृषिउद्यमी बनेका फेन्चु अरुका लागि अनुकरणीय
पाकिस्तानलाई १.२ अर्ब डलर सहयोगमा आईएमएफको सहमति
बाढीले पुलमा क्षति पुर्याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर
कांग्रेस १५औँ महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि आज मतदान
मनसुनी वायुको प्रभाव कायमै, ती प्रदेशमा भारी वर्षाको सम्भावना