
काठमाडौं । नेपाल पर्यटन बोर्डले नेपाल भ्रमणमा आउने भारतीय पर्यटकसम्बन्धी यात्रा नियमबारे विभिन्न सञ्चारमाध्यम तथा अनलाइन प्लटफर्ममा फैलाइएका अपुष्ट र भ्रामक समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
बुधबार जारी प्रेस विज्ञप्तिमा बोर्डले नेपाल–भारत सीमाबाट नेपाल प्रवेश गर्ने भारतीय नागरिकका लागि अनिवार्य परिचयपत्र लागु गरिएको, भारतीय पर्यटकको बसाइ अवधि ३० दिनमा सीमित गरिएको वा समयावधि नाघेमा सवारीसाधन जफत गरिने जस्ता दाबीहरू पूर्ण रूपमा झुटा, निराधार र भ्रामक रहेको स्पष्ट पारेको छ।
‘भारतीय पर्यटकको बसाइ अवधिमा कुनै नयाँ प्रतिबन्ध लगाइएको छैन भने नेपाल–भारतबीच लामो समयदेखि कायम खुला सीमा व्यवस्था तथा द्विपक्षीय समझदारीमा पनि कुनै परिवर्तन गरिएको छैन,’ बोर्डले बुधबार विज्ञप्ति जारी गर्दै भनेको छ ।
नेपाल र भारतबीचको ऐतिहासिक जनस्तरको सम्बन्ध, सांस्कृतिक निकटता तथा पर्यटन सहकार्य अझै पनि मजबुत र यथावत रहेको बोर्डले विज्ञप्तिमा उल्लेख गरेको छ।
बोर्डले भारतसहित अन्य मुलुकबाट निजी सवारीसाधनमार्फत स्थलमार्ग हुँदै नेपाल प्रवेश गर्ने पर्यटकका लागि यात्रा प्रक्रिया सहज बनाउन नेपाल सरकारले हालै नयाँ अनलाइन सहजीकरण प्रणाली सुरु गरेको जानकारी दिएको छ ।












समाचार
हेलो सरकारमा गुनासा : विद्यालय र अभिभावकले कपाल छोटो बनाउन दबाब दिए
यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य
उपभोक्ताको रोजाइमा कर्णालीको स्याउ, भारतीय र चीनिया बिस्थापित हुंदै
फर्नान्डेसलाई पिएफए वर्षको उत्कृष्ट खेलाडीको अवार्ड
जलविद्युत् आयोजनाको सहयोगमा घुमाउनेताल–मौवाफाँट सडक कालोपत्र
विद्युत् ‘सर्ट’भएर आगलागी हुँदा दुई घर नष्ट, २६ लाख बराबरको क्षति
लाभांश प्रस्ताव पारित गर्न सुपर मादी हाइड्रोपावरको साधारणसभा आह्वान
सौर्य कृषि कम्पनीको वार्षिक साधारणसभा आह्वान, आईपीओ जारी गर्ने प्रस्ताव पारित गर्ने
के.वि. एल. सेक्यूरिटिजको साधारणसभा असोज २ गते, के-के छन् एजेण्डा ?
आँखुखोला जलविद्युतको सेयर रजिष्ट्रामा प्रभु क्यापिटल