
काठमाडौं । साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडकोको ५९ औँ वार्षिक साधारणसभा जेठ २९ गते आयोजना हुने भएको छ । कर्पोरेशनको यहि वैशाख २९ गते बसेको सञ्चालक समितिको बैठले जेठ २९ गतेका लागि साधारणसभाको मिति घोषणा गरेको हो ।
उक्त सभा त्रिभुवन आर्मी अफिससर्् क्लब भद्रकालीमा बिहाना ११ बजेबाट सुरु हने छ । सभाले ५९औँ वार्षिक साधारणसभाका लागि आर्थिक वर्ष २०८१/२०८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने छ । त्यस्तै आर्थिक वर्ष २०८१/२०८२ को लेखापरीक्षकको प्रतिवेदन सहित सोही आ.व. को वित्तीय अवस्थाको विवरण, नाफा–नोक्सानीको विवरण, नगद प्रवाह विवरण, इक्विटीमा भएको परिवर्तन सम्बन्धी विवरण तथा लेखा नीति तथा टिप्पणी उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षण समितिको सिफारीस अनुसार आर्थिक वर्ष २०८२/२०८३ को वित्तीय विवरण लेखापरीक्षण गर्न लेखा परीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक अनुमोदन गर्ने ।
त्यस्तै सञ्चालक समितिबाट प्रस्ताव भए बमोजिम चुक्ता पूँजीको ०.५० (शून्य दशमलव पाँच शून्य) प्रतिशतका दरले नगद लाभांश बापत रु. १६,०३, ५८४७८ ( बोनस सेयरमा लाग्ने कर प्रयोजनार्थ समेत) वितरण गर्न स्वीकृत गर्ने ।
त्यस्तै विशेष प्रस्तावका रुपमा कर्पोरेशनको प्रबन्धपत्र तथा नियमावली स्वीकृत गर्ने, सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम कर्पोरेशनको हालको चुक्ता पूँजीको ९.५० प्रतिशतले हुने रकम रु. ३,०४,६८,११०.७२ बराबरको वोनस सेयर जारी गर्ने प्रस्ताव पारित गर्ने, कम्पनी ऐन २०६३ को दफा १०५ (१) को खण्ड (ख) बमोजिम ऋण सुविधा लिने स्वीकृति उपर छलफल गरी पारित गर्ने छ ।













समाचार
नेप्सेको सीईओका लागि ४ जनाको नाम सर्टलिस्ट, असोज २३ गते अन्तर्वार्ता र प्रस्तुतीकरण
सिमसार मासिँदै, कछुवा हराउँदै : संकटमा प्राकृतिक बासस्थान !!
शुक्ला हिलेटारलाई धार्मिक पर्यटकीय स्थल बनाउन पहल
अमलेखगन्ज-लोथर पेट्रोलियम पाइपलाइन : ‘ल्याण्ड फिलिङ’को काम धमाधम
महोत्तरीमा ओल किसानको व्यस्तता बढ्यो
सुन्तलामा रोग लागेपछि किसान चिन्तामा
राष्ट्र बैंकद्वारा एकीकृत परिपत्र संशोधन: भुक्तानी सीमा वृद्धि
२७ जलविद्युत् आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाट उत्पादनको बाटो खुल्यो
मुस्ताङका कृषक मर्कामा : बोटमा स्याउ अडिँदैन, ढुवानीका लागि बाटो छैन
दोहोरो वायुको प्रभाव कायमै, कस्तो रहला आजको मौसम ?