
काठमाडौं । आइसिसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज भएको खेलमा स्कटल्यान्डले अमेरिकामाथि जित हासिल गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा स्कटल्यान्डले अमेरिकामाथि डिएलएस पद्धतिमा दुई रनले जित हासिल गरेको हो।
वर्षाका कारण ४७ ओभरमा छोट्याइएको खेलमा स्कटल्यान्डले प्रस्तुत गरेको ३२२ रनको विशाल लक्ष्य पछ्याएको अमेरिकाले ३२ ओभरमा २४९ रन बनाउनुपर्ने थियो। तर अमेरिका आठ विकेट गुमाएर २४६ रनमै सीमित बनेपछि स्कटल्यान्डले जित हात पार्याे।
अमेरिकाका लागि साइतेजा मुक्कामल्लाले शानदार शतक प्रहार गरे। उनले ७५ बलमा ५ चौका र आठ छक्का प्रहार गर्दै १०४ रन बनाए। त्यस्तै स्मित पटेलले ५६ बलमा १२ चौका र एक छक्कासहित ७२ रन जोडे। यी दुईले अमेरिकालाई जित नजिक पुर्याए पनि अन्तिम ओभरतिर लगातार विकेट गुमाउँदा टोली पराजित हुन पुग्यो।
अमेरिकाका कप्तान मोनांक पटेल १२, शायन जहाँगिर चार, शेहान जयसूर्या नौ र मिलिन्द कुमार चार रनमा आउट भए। शुभम रञ्जानेले १६ रन बनाए भने हरमित सिंह एक बलमा छक्का प्रहार गर्दै छ रनमा अविजित रहे। स्कटल्यान्डका लागि ब्राड करी, ब्रान्डन म्याकमुलन र सफयान शरिफले समान दुई-दुई विकेट लिए। मार्क वाट र ओलिभर डेभिडसनले एक-एक विकेट हात पारे।
त्यसअघि पहिला ब्याटिङ गरेको स्कटल्यान्डले ४७ ओभरमा छ विकेट गुमाउँदै ३२१ रन बनाएको थियो। स्कटल्यान्डका लागि फिन्ले म्याकक्रेथले १०२ बलमा छ चौका र एक छक्कासहित सर्वाधिक ७७ रन बनाए। विकेटकिपर म्याथ्यु क्रसले ३२ बलमै आठ चौका र दुई छक्कासहित ५८ रन जोडे।
त्यस्तै, ब्रान्डन म्याकमुलनले ४० बलमा पाँच चौका र तीन छक्कासहित ५५ रनको आक्रामक इनिङ्स खेले। माइकल इङ्लिसले ३२, मार्क वाटले अविजित २५ र माइकल लिस्कले अविजित २८ रन बनाए। कप्तान रिची बेरिङ्टन १० रनमा आउट भए भने जर्ज मुन्सीले २० रन जोडे। अमेरिकाका लागि सौरभ नेत्रभाल्कर र जसदीप सिंहले समान दुई-दुई विकेट लिए। मिलिन्द कुमार र शुभम रन्जानेले एक-एक विकेट हात पारे।













समाचार
अर्थमन्त्रालयको एक्सन पछि सेयर बजारमा उछाल, परिसूचक ४८ अंकले बढ्दा ८ अर्ब माथिको कारोबार
फास्ट फुड एसोसिएसनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ लाख बढी सहयोग
रोयल एवान इन्भेस्टमेन्टद्वारा विपद् कोषमा ५ लाख ५ हजार ५५५ सहयोग
कृष्णभीरमा नयाँ ट्र्याक अन्तिम चरणमा, असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी
प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनीतिक महत्वका सडक स्तरोन्नति
पुँजी बजार सुधार कार्ययोजनाले बजारमा ऊर्जा थप्ने मनोज ज्ञवालीको विश्लेषण
रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति
आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदै
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, दुई हजारभन्दा बढी अतिथि सहभागी हुँदै
प्रतिनिधिसभाको बैठक बस्दै