
मुस्ताङ । नेपाल–चीन उत्तरी कोरलानाका जोड्ने राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत यहाँको बारागुङ मुक्तिक्षेत्र–३ छुसाङदेखि उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड–२ स्थित घमी सडक योजनालाई अर्थ मन्त्रालयबाट तीन अर्ब १५ करोड रुपैयाँ बजेटको बहुवर्षीय स्रोत सहमति सुनिश्चित गरिएको छ ।
अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाको गत सोमबारको पत्र अनुसार यहाँको कोरलानाका जोड्ने छुसाङ–घमी ४० दशमलव २० किलोमिटर सडक स्तरोन्नति तथा कालोपत्रका लागि अर्थ मन्त्रालयबाट उक्त बजेटको बहुवर्षीय स्रोत सहमति सुनिश्चित भएको हो ।
यसअघि कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरला सडक आयोजनाको पहलमा राष्ट्रिय योजना आयोगले अर्थमन्त्रालयमा गत वैशाख ७ गते नेपाल–चीन जोड्ने कोरला सडकअन्तर्गत छुसाङ–घमी सडक योजनाका लागि तीन अर्ब १५ करोड रुपैयाँ बजेटको स्रोत सहमतिका लागि सिफारिस गरेको थियो ।
सोही सिफारिसका आधारमा मन्त्रिपरिषद्को बैठकले अनुमोदन गरी राष्ट्रिय योजना आयोग र भौतिक पूर्वाधार तथा सहरी विकास शाखालाई स्रोत सहमति प्रदान गरिएको पत्रमार्फत जानकारी गराइएको छ ।
आयोगका स्रोत सहमति सिफारिसअनुसार आयोजनाका लागि बहुर्षीय स्रोत सहमतिसम्बन्धी (पहिलो संशोधन) मापदण्ड, २०८२ को दफा ४ को उपदफा २ र दफा ७ को खण्ड (ग) बमोजिम प्रचलित कानुन र स्वीकृत मापदण्डअनुसार खर्च गर्नेगरी सोमबारको मन्त्रिस्तरीय निर्णयले छुसाङ–घमी सडक योजनाका लागि बहुवर्षीय स्रोत सहमति भएको आयोजना प्रमुख तेजस्वी शर्माले जानकारी दिइन् ।
अर्थ मन्त्रालयबाट स्रोत सहमति सुनिश्चित भएकाले चालु आर्थिक वर्षमा नै ठेक्का प्रक्रिया सुरु गर्ने बाटो खुलेको आयोजना प्रमुख शर्माको भनाइ छ ।
यसअघि मुस्ताङको कागबेनीदेखि छुसाङसम्मको (९.८) किलोमिटर सडक कालोपत्र तथा सडक स्तरोन्नति गर्न सरकारले आवश्यक बजेट विनियोजन गरेको थियो । सोहीअनुसार कोरलानाका जोड्ने कागबेनी–छुसाङ सडक कालोपत्र गर्न गत असार २६ गते २६ करोड ८७ लाख ९६ हजार रुपैयाँ लागतमा ठेक्का सम्झौता भई निर्माण सुरु गरिएको थियो ।
नेपाल–चीन उत्तरी कोरलानाका सडक कालोपत्र तथा थप स्तरोन्नति गर्ने उद्देश्यले आयोजनाले दुई चरणमा प्रारम्भिक वातावरण मूल्याङ्कन सम्पन्न गरेको थियो ।













समाचार
सुप्रिम वाइन नेपालले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा नेशनल क्यापिटल नियुक्त
करदाता प्रोत्साहन उपहार कार्यक्रमलाई सहजीकरण गर्न राष्ट्र बैंकको निर्देशन
बाढीपहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध
नेशनल हाइड्रोको स्थगित साधारणसभा नयाँ मिति घोषणा
विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
कुमारी बैंकको १५ हजार कित्ता संस्थापक सेयर विक्रीमा
आरम्भ चौतारी लघुवित्तको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त
होर्मुजमा जहाज आवागमन ठप्प प्रायः, समुद्री सुरक्षाका लागि साउदीको नयाँ पहल
असुल गरिएको शिक्षा र स्वास्थ्य समता शुल्क १५ दिनभित्र सम्बन्धित सेवाग्राहीलाई फिर्ता हुने