
काठमाडौं । म्यानचेस्टर सिटीले चेल्सीलाई १-० ले हराउँदै एफए कपको उपाधि जितेको छ। वेम्बलीमा आज भएको फाइनल खेलमा एन्टोइन सेमेन्योको उत्कृष्ट गोल नै निर्णायक बन्यो र सिटीले यो सिजनको दोस्रो उपाधि हात पार्यो।
पहिलो हाफमा खेल रोमाञ्चक हुन सकेन। प्रशिक्षक पेप ग्वार्डिओलाले टोलीमा केही परिवर्तन गर्दै रेयान चेर्कीलाई बेन्चमा राखे भने ओमार मार्मुशलाई सुरुवाती रोजाइमा उतारे। त्यसबेला चेल्सी तुलनात्मक रूपमा राम्रो देखियो, यद्यपि गोल गर्न सकेन।
एर्लिङ हालान्डले सिटीका लागि केही अवसर सिर्जना गरे पनि चेल्सीका गोलकिपर रोबर्ट सान्चेजले रोक्न सफल भए। हालान्डको पासमा भएको एक गोल भने अफसाइडका कारण अमान्य भयो। दोस्रो हाफमा पनि खेल बराबरीजस्तै चलिरहँदा ७२औँ मिनेट निर्णायक क्षण बन्यो । हालान्डले छिटो दौडिएर दिएको क्रसमा सेमेन्योले शानदार फ्लिक गर्दै गोल गरे।
त्यसपछि चेल्सीका एन्जो फर्नान्डेजले बराबरी गर्ने प्रयास गरे पनि सफल भएनन्। सिटीका निको ओरेली र चेर्कीले पनि अग्रता बढाउने राम्रो अवसर गुमाए। खेलमा अन्त्यतिर लियाम डेलापले हेडरमार्फत मौका पाए पनि गोल गर्न सकेनन्। अन्ततः सिटीले १-० को जितसँगै एफए कप आफ्नो बनायो । यसअघि टोलीले लिग कप जितेको थियो।
यो जितसँगै सिटी अझै प्रिमियर लिगको उपाधि दौडमा पनि कायम छ। जसले घरेलु ट्रेबलको सम्भावना जीवित राखेको छ।













समाचार
प्रधानमन्त्रीको सम्बोधन : नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन अपिल (पूर्णपाठ)
सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
मोरङमा सामाजिक सद्भाव कायम राख्न अपिल
दूधको भुक्तानी नपाउँदा दमकका दुई सय किसान समस्यामा
गृहमन्त्री सुदन गुरुङ विराटनगर प्रस्थान
राष्ट्रपतिको अपिल- सबै मिलेर आपसी सद्भाव र राष्ट्रिय एकता कायम राखौँ
राष्ट्रिय हित र शान्ति स्थापनाका लागि सबै एकजुट हौँ : पूर्वप्रधानमन्त्री ओली
तराईको तनावपूर्ण स्थितिलाई साम्य पारी दिगो शान्ति स्थापना गर्नका लागि सबैले सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न महासंघको आग्रह
नेपालीबीचको एकता र सद्भाव खलबलिनु दुःखद : पूर्वराजा शाह