
काठमाडौं । विश्वप्रसिद्ध फ्रान्सेली होटल ग्रुप एकोर (Accor) को lifestyle ब्रान्ड ट्राइब (Tribe) अब नेपालमा पनि आउने भएको छ।सब्रिना होटेल लिमिटेडले सो ब्राण्डलाई नेपाल ल्याउन लागेको हो ।
यस सम्बन्धमा साब्रिना होटेल लिमिटेड र ट्राइब होटेलबीच भारतको राजधानी नयाँ दिल्लीमा सम्झौता भएको हो । सम्झौता अनुसार सब्रिना होटेलको काठमाडौँको बुढानिलकण्ठमा रहेको होटेल Tribe Kathmandu नामबाट संचालन हुने छ । हाल यो होटेल पाँचतारेमा अपग्रेड भईरहेको छ । यो ट्राइब ब्रान्डको नेपालमा पहिलो प्रोजेक्ट हुने छ ।
सब्रिना होटेलका अध्यक्ष निराजन थापाले एकोरसँग साझेदारी गरी नेपालमा ट्राइब ब्रान्ड ल्याउन पाउँदा अत्यन्त खुशी भएको बताए। उनले भने ‘काठमाडौंमा डिजाइन, आराम र समुदायलाई जोड्ने आधुनिक अतिथि सत्कारको बढ्दो माग छ र ट्राइब ब्रान्डले आधुनिक यात्रुहरूको त्यही आवश्यकतालाई राम्रोसँग पूरा गर्छ भन्ने हाम्रो विश्वास छ। यो विकासले उदीयमान ठाउँहरूमा फरक खालको अतिथि सत्कार सेवा दिने हाम्रो भिजनलाई प्रतिबिम्बित गर्छ’।
उनले होटेल अब landmark lifestyle गन्तव्य बन्ने विश्वास व्यक्त गरे। ट्राइब ब्रान्ड यसको आधुनिक डिजाइन, व्यावहारिक सुविधा, सामाजिक स्पेस र राम्रो मूल्यमा गुणस्तरीय अनुभवका लागि विश्वभर चर्चित छ। विश्वभर ट्राइब ब्रान्डका २७ होटेल संचालनमा छन् । भारत आउनु अघि नै ट्राइब ब्रान्ड नेपाल आएको हो। ट्राइबको उपस्थिति थाइल्याण्ड, इन्डोनेसिया, कम्बोडिया लगायतका एसियाली देशमा छ।













समाचार
सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल
आज इन्द्रजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक विदा
एसियाली राजमार्गः स्टिल अभावले पुल निर्माण प्रभावित
प्रतिकूल मौसम र भारी वर्षाको जोखिमका कारण धवलागिरि हिमाल आरोहण टोली आधार शिविरबाट फर्कियो
अलैँची टिप्न र सुकाउन व्यस्त छन् भोजपुरका किसान
एसियन गेम्स पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानसँग खेल्दै
धादिङको कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
प्रधानमन्त्री शाहले यूएन महासभामा भने– ‘नेपालबाट आएको यो चेतावनी मानवताका लागि हो’
प्रधानमन्त्री बालेन र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता
आजको मौसम : यी स्थानमा अति भारी वर्षाको सम्भावना