
काठमाडौं । सशस्त्र प्रहरी बलको अतिरिक्त प्रहरी महानिरीक्षकमा अञ्जनीकुमार पोखरेल बढुवाका लागि सिफारिस गरिएको छ। बढुवा समितिको मंगलबार बसेको बैठकले रिक्त रहेको एआईजी पदमा पोखरेललाई सिफारिस गर्ने निर्णय गरेको हो।
अब मन्त्रिपरिषदबाट बैठकले सशस्त्र प्रहरी नायब महानिरीक्षक पोखरेलको बढुवा गर्ने निर्णय गर्नेछ। पोखरेल हाल सशस्त्र प्रहरी बल बागमती प्रदेश प्रमुखका रुपमा कार्यरत छन्। विशेषगरी कोशी प्रदेशमा नेतृत्व सम्हालेदेखि तस्करी नियन्त्रण, सीमा सुरक्षा, विपद् व्यवस्थापन तथा गोताखोर जनशक्ति उत्पादनमा खेलेको भूमिकाले उनको संगठनभित्र छुट्टै पहिचान बनेको छ।
सशस्त्र प्रहरी संगठनभित्र पोखरेल कार्यक्षमता, नतिजामुखी नेतृत्व, तस्करी नियन्त्रणमा कठोरता र विपद् व्यवस्थापनमा सक्रिय रुपमा लागेका छन्। यही सक्रियताले पोखरेललाई एआईजी बढुवामा बाटो खुलेको हो।
फेसबुक प्रतिक्रिया













समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू