
काठमाडौं । हिमालयन बैंक लिमिटेडले संस्थापक समूहअन्तर्गत रहेको १० प्रतिशत सेयर सर्वसाधारण सेयरमा परिणत गर्ने भएको छ । बैंकको गत चैत १५ गते बसेको सञ्चालक समितिको बैठकले यो निर्णय गरेको हो ।
नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन २०८२ अनुसार बैंक तथा वित्तीय संस्थाले संस्थापक समूहको स्वामित्व कम्तीमा ५१ प्रतिशत कायम रहने गरी बाँकी संस्थापक सेयर सर्वसाधारण सेयरमा परिणत (एक पटकमा १० प्रतिशतसम्म) गर्न सक्ने व्यवस्था गरेको छ । सोही व्यवस्था अनुसार हिमालयन बैंकले १० प्रतिशत संस्थापक सेयर सर्वसाधारणमा परिणत गर्न लागेको हो ।
यसका लागि बैंकले संस्थापक समूहका इच्छुक सेयरधनीलाई आवेदन दिन आग्रह गरेको छ । आफ्नो स्वामित्वमा रहेको संस्थापक सेयर सर्वसाधारण सेयरमा परिणत गर्न चाहने सेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ ।
बैंकका अनुसार कम्पनीको हकमा सञ्चालक समितिको निर्णयसहित आवेदन दिनुपर्ने व्यवस्था गरिएको छ । आवेदन बैंकको सेयर रजिष्ट्रार हिमायलयन क्यापिटल लिमिटेड मार्फत पेश गर्न सकिनेछ । आवेदन फारम हिमालयन क्यापिटल र हिमालयन बैंकको वेबसाइटबाट डाउनलोड गर्न सकिने बैंकले जनाएको छ ।













समाचार
घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरणले सहज
उपत्यका छाड्ने यात्रुको चाप उच्च
जयन्ती मावि आवासीयमा रुपान्तरण
विश्वकप क्रिकेट लिग–२ : ओमानको सामना गर्दै नेपाल
अवरुद्ध गलकोट–ताराखोला सडक सञ्चालन
संरक्षणसँगै धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘महादेव थान
‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मः के–के हुँदैछन् नयाँ काम ?
पोखरा-भरतपुर-लुम्बिनीबिच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
आजसम्म कायम सेयरधनी गुराँस लघुवित्तको लाभांश पाउने
नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पुजा गरिँदै