
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्सले चेन्नई सुपर किङ्गसलाई हराएको छ । बिहीबार बेलुका अहमदावादमा भएको खेलमा गुजरातले चेन्नईलाई ८९ रनले हराएको हो ।
गुजरातले दिएको २३० रनको लक्ष्य पछयाएको चेन्नई १३ ओभर ४ बलमा १४० रन बनाएर अलआउट भयो । उसका लागि शिभम दुवेले सार्वधिक ४७ रनको योगदान दिए । अन्य खेलाडीले सम्झन लायक प्रदर्शन गर्न सकेनन् । गुजरातका लागि मोहमत सिराज, कागिसोर रवाडा र रासिद खानले समान ३/३ विकेट लिए ।
यस अघि टस हारेर पहिला ब्याटिङ गरेको गुजरातले ४ विकेट गुमाएर २२९ रन बनाएको थियो । गुजरातका साई सुदर्शनले ५३ बलमा ८४ रन बनाए । कप्तान शुभमन गिलले ३७ बलमा ६४ रन बनाए ।
यस हारसँगै चेन्नई प्लेअफ समीकरणबाट बाहिरिएको छ । आईपीएल क्रिकेटको अङ्क तालिकामा गुजरात १४ खेलमा १८ अङ्कका साथ तालिकाको दोस्रो स्थानमा छ भने चेन्नई समान खेलमा १२ अङ्कका साथ तालिकाको सातौँ स्थानमा छ ।
आईपीएल क्रिकेटमा आज बेलुका पौने ८ बजे रोयल च्यालेन्जर्स बैंग्लुरु र सनराईजर्स हैदरावादले खेल्दैछन् ।













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व