काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज शंखमुल फिडर अन्तर्गतका क्षेत्रमा दिउँसो चार घण्टासम्म विद्युत् आपूर्ति बन्द हुने जनाएको छ ।
एक सूचना जारी गर्दै प्राधिकरणले शंखमुल फिडर अन्तर्गतका दोभान पुल, श्रीनगर, मार्ग, बागमती बुद्ध बिहार, शंखमुल पुल एरिया, रोजबड स्कुल, भृगु मार्ग र रुद्रमति मार्ग क्षेत्रमा बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने बताएको छ।
हाल शंखमूल फिडर अन्तर्गतका क्षेत्रमा बिजुली वितरण प्रणालीलाई भूमिगत गर्ने कार्य भइरहेकाले विद्युत् आपूर्ति प्रभावित भएको प्राधिकरणले जनाएको छ ।
