
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को १० महिनामा निर्जीवन बीमा कम्पनीहरुले ४० अर्ब २९ करोड ५७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । हाल देशमा संचालित १४ वटा निर्जीवन बीमा कम्पनीहरुले वैशाख मसान्तसम्म उक्त रकम बराबरको व्यवसाय गरेका हुन् ।
गत आवको सोही अवधिको तुलनामा १४.८१ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा निर्जीवन बीमा कम्पनीहरुले ३५ अर्ब ९ करोड ८० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए।
सबैभन्दा धेरै व्यवसाय गर्ने कम्पनीमा शिखर इन्स्योरेन्स रहेको छ । कम्पनीले वैशाख मसान्तसम्म ५ अर्ब १९ करोड २२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। यो गत आवको तुलनामा १०.९० प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा कम्पनीले ४ अर्ब ६८ करोड १८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो।
दोस्रोमा हिमालयन एभरेष्ट इन्स्योरेन्सको व्यवसाय ४२.०५ प्रतिशतले बढेर ४ अर्ब ३७ करोड ७९ लाख रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा कम्पनीले ३ अर्ब ८ करोड १८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो।
तेस्रोमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सको व्यवसाय ५.३७ प्रतिशतले बढेर ४ अर्ब २५ करोड ८६ लाख रुपैयाँ पुगेको छ। गत आवको सोही अवधिमा कम्पनीले ४ अर्ब ४ करोड १५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो।
त्यस्तै, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको व्यवसाय १६.३६ प्रतिशतले बढेर ३ अर्ब ५१ करोड ८३ लाख रुपैयाँ, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ०.४२ प्रतिशतले बढेर ३ अर्ब ४९ करोड ४५ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सको ४२.०४ प्रतिशतले बढेर ३ अर्ब ४४ करोड ३६ लाख रुपैयाँ, नेको इन्स्योरेन्सको ११.७० प्रतिशतले बढेर ३ अर्ब १ करोड ८५ लाख रुपैयाँ, ओरिएन्टल इन्स्योरेन्सको १४.६२ प्रतिशतले बढेर २ अर्ब ५८ करोड ६८ लाख रुपैयाँ पुगेको छ ।
त्यसैगरि, युनाइटेड अजोड इन्स्योरेन्सको व्यवसाय १८.३१ प्रतिशतले बढेर २ अर्ब ४७ करोड ५६ लाख रुपैयाँ, सानिमा जीआईजी इन्स्योरेन्सको १२.७१ प्रतिशतले बढेर २ अर्ब ३६ करोड २८ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सको ७.५४ प्रतिशतले बढेर १ अर्ब ८१ करोड ५७ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सको ४.४० प्रतिशतले बढेर १ अर्ब ४९ करोड ७६ लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीको २.१४ प्रतिशतले बढेर १ अर्ब १८ करोड ८५ लाख रुपैयाँ र नेशनल इन्स्योरेन्सको १४.४७ प्रतिशतले बढेर १ अर्ब ६ करोड ४५ लाख रुपैयाँ पुगेको छ ।













समाचार
आधा घण्टामा ३ मिटर बढ्यो त्रिशूलीको जलसतह
बाढी प्रभावित क्षेत्रमा बैंकिङ शाखा स्थानान्तरणका लागि राष्ट्र बैंकको पूर्व स्वीकृति नचाहिने
पन्थोक र जुग्जामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् विस्तार
अमेरिकाद्वारा बाढीपीडितका लागि ३६ लाख डलरभन्दा बढी अतिरिक्त सहायता घोषणा
तातोपानीमा सात हजार रोपनीमा सामूहिक स्याउ खेती
सुनकोशी नदीमा जलसतहले सतर्कता तह पार गर्यो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन, समस्या नरहेको जानकारहरूको भनाइ
युक्रेनको हतियार भण्डारण केन्द्रमा रुसी आक्रमण, ३७ जनाको मृत्यु
दरमखोला हाइड्रो इनर्जीको साधारणसभा स्थगित
कुमारी बैंकको संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा