
काठमाडौं । आज (बिहीबार) देखि देशभर लगातार ४ दिन सार्वजनिक बिदा सुरु भएको छ । गृह मन्त्रालयको निर्णय र पूर्व निर्धारित सार्वजनिक बिदाको सूचीअनुसार आज बिहीबारदेखि आगामी आइतबारसम्म देशभरका सरकारी कार्यालय तथा सार्वजनिक निकायहरू बन्द रहने भएका हुन् ।
आज जेठ १४ गते इस्लाम धर्मावलम्बीहरूको महान् पर्व बकर इद (इद–उल–अज्हा) परेकोले सरकारले देशभर सार्वजनिक बिदा दिएको छ । त्यस्तै, भोलि जेठ १५ गते गणतन्त्र दिवस मनाइँदै छ । गणतन्त्र दिवसका लागि पनि सरकारले यसअघि नै राजपत्रमा सूचना प्रकाशित गरी सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ ।
त्यसैगरी, जेठ १६ गते शनिबार र जेठ १७ गते आइतबार नियमित सार्वजनिक बिदा परेको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल
आज इन्द्रजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक विदा
एसियाली राजमार्गः स्टिल अभावले पुल निर्माण प्रभावित
प्रतिकूल मौसम र भारी वर्षाको जोखिमका कारण धवलागिरि हिमाल आरोहण टोली आधार शिविरबाट फर्कियो
अलैँची टिप्न र सुकाउन व्यस्त छन् भोजपुरका किसान
एसियन गेम्स पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानसँग खेल्दै
धादिङको कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
प्रधानमन्त्री शाहले यूएन महासभामा भने– ‘नेपालबाट आएको यो चेतावनी मानवताका लागि हो’
प्रधानमन्त्री बालेन र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता
आजको मौसम : यी स्थानमा अति भारी वर्षाको सम्भावना