
काठमाडौं । राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल)को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । बुधबार न्यु चन्द्रिगढमा भएको इलिमिनेटर खेलमा सनराइजर्स हैदरावादलाई ४७ रनले हराउँदै राजस्थानले दोस्रो क्वालिफायरमा स्थान बनाएको हो ।
अब फाइन प्रवेशका लागि राजस्थानले गुजरात टाइटन्ससँग खेल्ने छ । राजस्थानले दिएको २४४ रनको लक्ष्य पछ्याएको हैदरावाद १९ ओभर २ बलमा १९६ रन मात्रै बनाउन सक्यो । उसका लागि नितेश कुमार रेड्डीले सर्वाधिक ३८ रनको पारी खेले । त्यस्तै सलिल आरोराले ३५ रन बनाए भने इशन किसनले ३३ रनको पारी खेले । हैदराबादलाई लक्ष्यमा पुग्नबाट रोक्ने क्रममा जोफ्रा आचरले ३ विकेट लिए । त्यस्तै सुशान्त मिश्रा, नान्द्रे बर्गर र रविन्द्र जडेजाले समान २/२ विकेट लिए ।
यस अघि टस हारेर पहिला ब्याटिङ गरेको राजस्थानले ८ विकेट गुमाएर २४३ रन बनाएको थियो । राजस्थानका लागि वैभव सूर्यवंशीले २९ बलमै ९७ रन बनाए । ध्रुव जुरेलले २१ बलमा ५० रन बनाए भने यशश्वी जैसवालले २९ र कप्तान रियान परागले २६ रन बनाए । हैदराबादका लागि प्रफुल्ल हिङ्गेले ३ विकेट लिए ।
अब राजस्थानले फाइनल प्रवेशका लागि गुजरात टाइटन्ससँग प्रतिस्पर्धा गर्नेछ । खेल भोलि बेलुका पौने ८ बजे न्यु चन्द्रिगढमा हुनेछ । पराजित हैदरावाद भने प्रतियोगिताबाट बाहिरिएको छ ।













समाचार
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह
प्रधानमन्त्रीसँग छलफल सकेर फर्कंदा सिंहदरबारबाटै पक्राउ परे किस्पाङ गाउँपालिका अध्यक्ष
एटीएमबाट अब १०० रुपैयाँका नोट पनि निकाल्न पाइने, राष्ट्र बैंकले बैंकहरूलाई दियो निर्देशन
भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा रु एक अर्बभन्दा बढीको क्षति
कृष्णभीरको सडक सञ्चालनमा आएपछि ग्यास सहज हुन्छ : आयल निगम
सेयर बजारमा उच्च अंकको वृद्धि, कारोबार साढे ४ अर्ब माथि