
बागलुङ। बागलुङको जैमिनी नगरपालिका बालमैत्री नगरपालिका घोषणा भएको छ । बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीतिका ५१ सूचक पूरा गरेपछि नगरपालिकालाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज एक समारोहकाबीच बालमैत्री नगर घोषणा गरे ।
यसका लागि नगरपालिकाले दुई वर्षयता सामाजिक विकास र बालमैत्री पूर्वाधारमा झन्डै तीन करोड लगानी गरिसकेको थियो । यस अगाडि जिल्लाको बागलुङ नगरपालिका र गलकोट नगरपालिकालाई बालमैत्री घोषणा गरिएको थियो ।
जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माका अनुसार बालमैत्री पूर्वाधार निर्माण, विभिन्न अन्तरक्रिया कार्यक्रम र वडा– तहमा बालमैत्री सहजकर्ता खटाइएको थियो भने बालमैत्री विद्यालय, बालमैत्री पूर्वाधार र स्वास्थ्य तर्फका सबै सूचक पूरा गरिएको थियो ।
नगरलाई बालमैत्री घोषणा अघि बालमैत्री विद्यालय भवन निर्माण, खानेपानी, शौचालय लगायतका पूर्वाधार निर्माण गरिएको छ । टोल–टोलमा बालक्लब गठन गर्ने बालबालिकालाई सामाजिक कार्यक्रममा सहभागी गराउने, बालविवाह, बालश्रम अन्त्य गर्ने लगायतका अभियान सम्पन्न भइसकेको र अबको ध्यान नगर घोषणासँगै दीगोपनाका लागि राणनीतिक योजना तयारमा ध्यान गएको शर्माको भनाइ छ ।
नगरपालिकाले आगामी दिनमा हुने हरेक विकास निर्माणलाई बालमैत्री बनाइने बताएको छ । बाल बचाउ, बालसंरक्षण, बालविकास र बालसहभागिता जस्ता बालअधिकारका सवाललाई स्थानीय तहको नीति, संरचना, प्रणाली, कार्य प्रक्रिया र व्यवहारमा संस्थागत गर्ने गरी नगरपालिका बालमैत्री बनाइएको हो । विसं २०७९ मा नीतिगत निर्णय गरेर पालिकालाई बालमैत्री शासनयुक्त नगर बनाउने अभियान थालिएको थियो ।













समाचार
विशेष कार्यक्रमका बीच नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को भव्य उद्घाटन, पहिलो दिन नै २९ हजारभन्दा बढीले गरे अवलोकन
नेपालमा निसानको नयाँ एसयूभी टेकटन लन्च, मूल्य ५१ लाख २९ हजार रुपैयाँ
महिन्द्राको नयाँ पुस्ताको एसयूभी नाइमा एक्स्पोमा, एक्सइभी९ एसको सुरुवाती मूल्य ६० लाख
नाइमा नेपाल मोबिलिटी एक्स्पो सुरु: ह्युन्डाई, एमजी र कियाका नयाँ मोडल सार्वजनिक
एकल वा दम्पत्ति भएमा १० लाख देखि ६० लाखसम्म कमाँउदा तपाईले कति तिर्ने आयकर ?
चितवनमा निर्माण व्यवसायी महासंघको राष्ट्रिय सम्मेलन-२०८३ हुने
क्रिप्टोकरेन्सीमा गिरावटपछि डोनाल्ड ट्रम्पको सामाजिक सञ्जाल कम्पनी लाई २३ करोड ८० लाख डलर घाटा
नेपालमा एक दशकभित्र देशभर ५जी सेवा विस्तार गर्ने लक्ष्य
गर्भनरसँगको भेट पछि मिस नेपाल ढकालले भनिन् : जीवनभन्दा ठूलो ऋण होइन
झापा इनर्जीको विद्युत उत्पादन पुनः सुचारु