
काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठूलो रकम ठगी गरेको अभियोगमा पाँच जना पक्राउ परेका छन् ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुुसरा काठमाडौँ बूढानीलकण्ठ नगरपालिका–११ बस्ने ४६ वर्षीय कृष्णकुमार खड्का, ललितपुर महालक्ष्मी नगरपालिका–२ बस्ने सिन्धुली घर भएका ४० वर्षीय भागिरथी (पराजुली) गौतम, काठमाडौँ बूढानीलकण्ठ नगरपालिका–९ बस्ने सुनसरी घर भएका ३० वर्षीय प्रवेश पराजुली, काठमाडौँ महानगरपालिका–६ बस्ने ३९ वर्षीय प्रज्वल आचार्य र काठमाडौँ बूढानीलकण्ठ नगरपालिका–१० बस्ने झापा घर भएकी ४७ वर्षीया निशा सिवालाई पक्राउ गरिएको हो ।
अभियुक्तमध्ये कृष्णकुमार र भागिरथीले क्रोएशिया, ग्रीसलगायत देश पठाइदिने भन्दै १४ जना पीडितबाट रु ५८ लाख ६८ हजार ठगी गरेको आरोप छ । प्रवेशले सर्बिया पठाइदिने भन्दै चार जना पीडितबाट रु १८ लाख ९० हजार, प्रज्वलले अमेरिका पठाइदिने भन्दै एक जना पीडितबाट रु ३१ लाख र निसाले कोरिया पठाइदिने भन्दै अर्का एक जना पीडितबाट रु एक लाख पाँच हजार लिएर सम्पर्कविहीन भएको उजुरी परेको थियो ।
पीडितहरूको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो ।











समाचार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
पर्यटन प्रवर्द्धनका लागि बाँके निकुन्जलाई ‘ब्रान्डिङ’ गरिँदै
सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले बुधबार विश्वासको मत लिने
कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै
टेस्ट क्रिकेटमा सबैभन्दा छिटो १०० छक्का प्रहार गर्ने खेलाडी बने ऋषभ पन्त
सप्तधारा संरक्षणसँगै जोगिँदै भोजपुर बजारको ‘ऐतिहासिक पहिचान’
संघीय संसदका दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची
मजपोक–ताराखोला सडक स्तोन्नती गर्न पाँच करोड सुनिश्चित
रासायनिक मलको कालोबजारी गरेको आरोपमा मुद्दा
चितवन वन कार्यालय द्वारा एक वर्षमा ४५ अजिङ्गर उद्धार