
काठमाडौं । नेपालको चिया निर्यातमा भारतले फेरि अवरोध गरेको छ । यसअघि वैशाख १८ गतेदेखि अवरोध भएको चिया निर्यात झन्डै ३ हप्तापछि केहि सहज भएको थियो । त्यस बेला भारतीय चिया बोर्ड (टी–बोर्ड अफ इन्डिया) ले नेपालबाट जाने चियामा नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर’ (एसओपी) लागू गर्दै अनिवार्य प्रयोगशाला परीक्षणको व्यवस्था गरेपछि निर्यात ठप्प भएको थियो ।
व्यापक विरोधपछि भारतीय पक्षले जेठ ६ गते हरेक ट्रकको परीक्षण नगरी ‘र्यान्डम स्याम्पलिङ’ मात्र गर्ने लिखित जानकारी दिएपछि रोकिएको चिया निर्यात शुरू भएको थियो । अहिले के कारणले चियाको निर्यात रोकिएको हो ठ्याक्कै जानकारीमा नआएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले बताए । उनका अनुसार यसअघि अवरोध खुल्यो भनेर आए पनि नेपालतर्फबाट चिया गएको छैन । व्यवसायीले पनि जानकारी नगराएका हुमागाईंले बताए ।
तर भारतीय चिया बोर्डले आयातकर्ताको गोदाममै पुगेर चियाको नमूना सङ्कलन गरी प्रयोगशाला परीक्षण गर्न थालेपछि व्यवसायीले निर्यात रोक्न थालेको चिया उद्यमी बताउँछन् । केही परिमाणको नेपाली चिया भारतीय गोदाममै थन्किएको छ । सिलिगुडी र कोलकातालगायतका गोदाममा चिया थन्किएको हो ।
पूर्वी नेपालको इलाम, झापा, पाँचथर, धनकुटा र तेह्रथुममा उत्पादित अर्थोडक्स चिया भारतीय बजार हुँदै अन्तर्राष्ट्रिय बजारसम्म पुग्ने गरेको छ । यो चिया निकासी हुने मुख्य नाका मेची भन्सार हो ।













समाचार
जीवन बीमा कम्पनीको व्यवसाय दुई खर्ब नाघ्यो , १२.४३ प्रतिशतले व्यवसाय बढ्दा कुन कम्पनीको कति पुग्यो ?
पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन हब’ सञ्चालनमा
इरानसँग वार्ता गर्ने ट्रम्पको घोषणाले कच्चा तेलको भाउ घट्यो
नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता
सेयर बजारमा झिनो अंकको गिरावट, कारोबार रकममा वृद्धि
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
हिमालयन लघुवित्तले कमायो १० करोड ६६ लाख नाफा, अन्य सूचक कस्ता?
आइसिएफसि फाइनान्सको नाफा उच्च गिरावट, अन्य सूचक कस्ता ?
महुली लघुवित्तको नाफामा उछाल, प्रतिशेयर आम्दानी कति ?
साप्सु कालिका हाइड्रोपावरको साधारणसभा भदौ ५ गते, के-के छन् एजेण्डा ?