
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए), राष्ट्रिय समन्वय परिषद् (एनसीसी) पोर्चुगल अन्तर्गत रहेको एसोसियासाओ दे नेपालीसेस रेसिडेन्टेस एम पोर्चुगल (एनआरएनपी) ले विभिन्न शीर्षकमा सङ्कलन गरिएको रकमको हिसाब–किताब व्यवस्थित तथा पारदर्शी बनाउन सबै सरोकारवाला पक्षसँग सहयोगको अपिल गरेको छ ।
संस्थाले जारी गरेको सूचनामा १२ जुन २०२६ भित्र संस्थाको नाममा रसिद जारी गरी संकलन गरिएको सम्पूर्ण रकम सम्बन्धित विवरणसहित संस्थाको बैंक खातामा जम्मा गर्न सम्बन्धित व्यक्तिहरूलाई अनुरोध गरिएको छ ।
हालसम्म बैंकमा जम्मा भएका तथा जम्मा हुन बाँकी रहेका सबै रकमको विस्तृत विवरण सार्वजनिक गरी नेपाली समुदायसमक्ष पारदर्शी रूपमा प्रस्तुत गरिने संस्थाले जनाएको छ । साथै, प्राप्त विवरण र संस्थाको आर्थिक अवस्थाबारे यथार्थ छानबिन सम्पन्न भएपछि आवश्यक संस्थागत निर्णयहरू अघि बढाइने पनि उल्लेख गरिएको छ । संस्थाले आर्थिक पारदर्शिता, उत्तरदायित्व र सुशासनलाई प्राथमिकतामा राख्दै सबै पक्षबाट सहयोग, जिम्मेवारीबोध र पारदर्शिताप्रतिको प्रतिबद्धताको अपेक्षा गरेको छ ।














समाचार
चोरीको सुन किन्ने दुई सुनचाँदी व्यवसायी पक्राउ
एसियन गेम्स क्रिकेटः नेपालले जापानलाई दियो १५० रनको लक्ष्य
घरबासले फेरिँदै दगामको पर्यटन पहिचान
भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती
खुम्बु क्षेत्रमा हिमपात,सात विदेशी पर्यटकको उद्धार
हप्तादिनमा ४५०० रुपैयाँले घट्यो सुनको मूल्य, तोलाको ३ लाख मुनि
करिब साढे १७ अंक घट्यो सेयर बजार, ६ अर्ब २८ करोडको कारोबार
दोहोरो बायुको प्रभाव, कहाँ कहाँ हुँदैछ अति भारी वर्षा ?
यस्तो छ शनिबारका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात