
काठमाडौं । साताको सेयर कारोबार हुने तेस्रो दिन नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ । अघिल्ला चार दिन लगातार घटेको बजार आज भने २.५७ अंकले बढेको हो ।
आजको कारोबार पछि नेप्से परिसूचक २७३६.१७ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३४ कम्पनीको सेयर मूल्य घटेको छ भने १२७ कम्पनीको सेयर मूल्य बढेको छ । आज १० कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
आज सेन्सेटिभ इन्डेक्स भने ०.३५ अंकले घटेर ४६८.७२ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये ७ वटाको सेयर मूल्य बढेको छ भने ६ वटाको सेयर मूल्य घटेको छ ।
परिसूचक सामान्य बढेको दिन कारोबार रकममा भने गिरावट आएको छ । अघिल्लो दिन ६ अर्ब माथिको कारोबार भएको बजारमा आज ४ अर्ब भन्दा केही बढीको कारोबार भएको छ । आज ३५६ कम्पनीका ९२ लाख ८३ हजार ३२६ कित्ता सेयर ४९ हजार २४८ पटक खरिद बिक्री हुँदा ४ अर्ब २९ करोड ७४ लाख ६४ हजार ३२७ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।













समाचार
प्रधानमन्त्रीको सम्बोधन : नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन अपिल (पूर्णपाठ)
सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
मोरङमा सामाजिक सद्भाव कायम राख्न अपिल
दूधको भुक्तानी नपाउँदा दमकका दुई सय किसान समस्यामा
गृहमन्त्री सुदन गुरुङ विराटनगर प्रस्थान
राष्ट्रपतिको अपिल- सबै मिलेर आपसी सद्भाव र राष्ट्रिय एकता कायम राखौँ
राष्ट्रिय हित र शान्ति स्थापनाका लागि सबै एकजुट हौँ : पूर्वप्रधानमन्त्री ओली
तराईको तनावपूर्ण स्थितिलाई साम्य पारी दिगो शान्ति स्थापना गर्नका लागि सबैले सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न महासंघको आग्रह
नेपालीबीचको एकता र सद्भाव खलबलिनु दुःखद : पूर्वराजा शाह