
काठमाडौं । फिफा विश्वकप फुटबलमा घरेलु टोली क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी सकिएको छ । सहआयोजक समेत रहेको क्यानडाले आज बिहान टोरन्टो स्टेडियममा भएको खेलमा बोस्निया एन्ड हर्जगोभिनासँग एक÷एक गोलको बराबरी खेलेको हो ।
खेलको २१औं मिनेटमा जोभो लुकिचले गोल गर्दै बोस्निया एन्ड हर्जगोभिनालाई अग्रता दिलाएका थिए । तर, बोस्निया एन्ड हर्जगोभिनाले अग्रता जोगाउन सकेन । ७८ औं मिनेटमा क्यानडाले बराबरी गोल फर्कायो ।
काइल लारिनले गोल गर्दै घरेलु टोलीलाई बराबरीमा फर्काए । त्यसपछि थप गोल हुन सकेन र दुवै टोलीले एक÷एक अंक बाँडेका छन् । विश्वकपको चौथो खेलमा अहिले आयोजक अमेरिका र पाराग्वेले खेलिरहेका छन् । सन् २०१० पछिका तीन विश्वकपमा पाराग्वे छनोट हुन सकेको थिएन । अमेरिकाले १६ वर्षपछि विश्व फुटबलको महाकुम्भमा फर्किएको टोलीसँग खेलिरहेको हो ।
फेसबुक प्रतिक्रिया













समाचार
सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम
भलमन्सा विधेयकमाथि छलफल: सबै समुदायको छुट्टाछुट्टै मौलिक अभ्यासलाई समेट्न माग
चाडबाड नजिकिँदै गर्दा बजार अनुमगन
पश्चिमका क्यान्सर बिरामीका लागि आशा बन्दै खजुराको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल
दमौली–भरतपुर प्रसारण लाइनका लागि सबै सामुदायिक वनमा रुख कटानको स्वीकृति
खर काट्न गएकी महिलाको भिरबाट लडेर मृत्यु
अन्तिम समयको गोलले हारबाट जोगियो म्यानचेस्टर युनाइटेड
म्याद गुज्रेका सामग्री फेला परेपछि खोटाङमा अनुगमन तीव्र
साउदी छोडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक १ लाख आम्दानी
कालीगण्डकी कोरिडोर केन्द्रित पशुपालन प्रवर्द्धन