
काठमाडौं । एउटा युक्रेनी ड्रोनले मङ्गलबार मस्कोस्थित एउटा महत्त्वपूर्ण तेल प्रशोधन केन्द्रमा प्रहार गर्दा प्रशोदन केन्द्रमा आगलागी हुनुका साथै भौतिक क्षति पुर्याएको रूसी अधिकारीहरूले जनाएका छन् । यसैगरी युक्रेनले यो आक्रमण रूसकै आक्रमणको प्रति–आक्रमण भएको पुष्टि गरेको छ ।
यसअघि मस्कोले देश भरि गरेको ६०० वटा भन्दा बढी ड्रोन तथा ७० मिसाइल प्रहारले कम्तिमा ११ जनाको ज्यान गएको र किएभमा युनेस्कोको सूचीमा रहेको अर्थोडक्स मठको क्षेत्रलाई क्षति पुर्याएको युक्रेनले बताएको एक दिन पछि यो आक्रमण भएको हो ।
पछिल्लो २४ घन्टामा मस्कोमा ड्रोनको आक्रमण जारी छ भने एउटा ड्रोनले मस्कोको तेल प्रशोधनको केन्द्रलाई क्षेति पुगेको मस्कोका मेयर सेर्गेई सोब्यानिनले बताए ।
सोब्यानिनका अनुसार मङ्गलबार मस्कोतर्फ प्रक्षेपण गरिएको ६० वटा ड्रोनलाई रोकियो भने यो आक्रमणलाई राष्ट्रिय समाचार एजेन्सी तासले यस वर्षको रूसी राजधानीमा गरिएको सबैभन्दा ठूलो बम विस्फोटको रूपमा वर्णन गरेको छ ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले उक्त आक्रमणक किएभले गरेको बताए । यस पटक, मस्को क्षेत्रले युक्रेनको व्यापक आक्रमण क्षमताको दायरा बुझने अवरस पाएको जनाइएको छ ।
सामाजिक सञ्जालमा सार्वजनिक गरिएको एउटा भिडियोमा एउटा ड्रोन अपार्टमेन्टका ब्लकहरूमाथि उडिरहेको र चिमेनिया रोजा वाई ब्लान्का नजिकै विस्फोट हुनु अघि औद्योगिक क्षेत्रमा ठोक्किएको देखाइएको थियो ।













समाचार
सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम
भलमन्सा विधेयकमाथि छलफल: सबै समुदायको छुट्टाछुट्टै मौलिक अभ्यासलाई समेट्न माग
चाडबाड नजिकिँदै गर्दा बजार अनुमगन
पश्चिमका क्यान्सर बिरामीका लागि आशा बन्दै खजुराको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल
दमौली–भरतपुर प्रसारण लाइनका लागि सबै सामुदायिक वनमा रुख कटानको स्वीकृति
खर काट्न गएकी महिलाको भिरबाट लडेर मृत्यु
अन्तिम समयको गोलले हारबाट जोगियो म्यानचेस्टर युनाइटेड
म्याद गुज्रेका सामग्री फेला परेपछि खोटाङमा अनुगमन तीव्र
साउदी छोडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक १ लाख आम्दानी
कालीगण्डकी कोरिडोर केन्द्रित पशुपालन प्रवर्द्धन