
काठमाडौं । सेयर बजार पछिल्ला दिनहरुमा लगातार रुपमा घटिरहेको छ । अघिल्लो दिन झिनो अंकले बढेको बजार आज फेरि घटेर कारोबार भएको छ ।
आज सेयर बजार परिसूचक ५.०६ अंकले घटेर २७००.४७ विन्दुमा पुगेको हो । अजा सेयर बजारमा १८१ कम्पनीको सेयर मूल्य घटेको छ भने ७७ कम्पनीको मात्रै बढेको छ । आज १४ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । आज सेन्सेटि भइन्डेक्स पनि ०.७७ अंकले घटेर ४६३.६६ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये ८ वटाको सेयर मूल्य घटेको छ भने ५ वटाको बढेको छ । परिसूचक घटेको दिन सेयर बजारमा ३ अर्ब भन्दा माथिको कारोबार भएको छ ।
आज सेयर बजारमा ३४७ कम्पनीका ७७ लाख ४३ हजार ३० कित्ता सेयर ४१ हजार १०४ पटक खरिद बिक्री हुँदा ३ अर्ब ४१ करोड ४८ लाख २३ हजार ७९८ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।













समाचार
एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
अनलाइन जुवा खेलाएको आरोपमा भारतीय सहित ४२ जना पक्राउ
उद्योग वाणिज्य महासंघको यातायात समितिको उपसभापतिमा मेघराज पौडेल
भदौमा ई–कमर्सको कारोबार रकम बढ्यो
ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा अनुमोदित
सेयर बजारमा इन्ट्राडे कारोबारको तयारी, बोर्डले ल्यायो अवधारणापत्र
भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन
सेयर बजार ११ अंकले बढ्यो, कारोबार ५ अर्ब ४४ करोड माथि