झिनो अंकले बढ्यो नेप्से, साढे ४ अर्ब माथिको कारोबार

काठमाडौं । साताको सेयर कारोबार हुने अन्तिम दिन नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ । अघिल्लो दिन घटेको बजार आज १.६३ अंकले बढेको हो ।

आज सेयर बजार परिसूचक २७०२.११ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १४० कम्पनीको सेयर मूल्य घटेको छ भने ११६ कम्पनीको सेयर मूल्य बढेको छ । आज १७ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । त्यस्तै आज सेन्सेटिभ इन्डेक्स ०.३१ अंकले बढेर ४६३.९८ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये ७ वटाको मूल्य बढेको छ भने ६ वटाको मूल्य घटेको छ ।

परिसूचक बढेको दिन साढे ४ अर्ब माथिको कारोबार भएको छ । आज सेयर बजारमा ३५३ कम्पनीका १ करोड ९ लाख २२ हजार ५२५ कित्ता सेयर ६१ हजार १७० पटक खरिद बिक्री हुँदा ४ अर्ब ५३ करोड ४९ लाख ८३ हजार ५६८ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा एक कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार