
काठमाडौं । यस साता नेप्से परिसूचक करिब १ प्रतिशत घटेर बन्द भएको छ । गत साता २७२४.०३ विन्दुमा बन्द भएको नेप्से, यस साता ०.८० प्रतिशत अर्थात २१.९२ अंक घटेर २७०२.११ विन्दुमा बन्द भएको छ । यस साता ५ कारोबार दिनका लागि बजार खुलेको थियो । जसमध्ये दुई कारोबार दिन नेप्से सामान्य अंक बढेको थियो भने तीन कारोबार दिन घटेर बन्द भएको थियो । यस साता सेन्सेटिभ इण्डेक्स ३.११ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.२२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०१ अंक घटेको छ ।
नेप्सेसँगै यस साता कारोबार रकम पनि घटेको छ । गत साता दैनिक औषतमा ४ अर्ब ६१ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ४ अर्ब ९ लाख रुपैयाँको सेयर किनबेच भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम १३.११ प्रतिशत घटेको हो । त्यस्तै, यस साता दैनिक औषत सेयर संख्या ३ प्रतिशत घटेको छ भने दैनिक औषत कारोबार संख्या १२.६६ प्रतिशत घटेको छ ।
यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि करिब १ प्रतिशत घटेको छ । गत साताको अन्तिम कारोबार दिन ४६ खर्ब ५४ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता ३७ अर्ब रुपैयाँ घटेर ४६ खर्ब १७ अर्ब रुपैयाँमा सीमित भएको छ ।
यस साता १३ उपसमूहमध्ये १ उपसमूहको परिसूचक बढेको छ भने बाँकी १२ उपसमूहको परिसूचक घटेको छ । यस साता उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सामान्य बढेको छ । गत साता १० हजार ९९५.५७ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ६८.०५ अंक बढेर ११ हजार ६३.६२ विन्दुमा पुगेको छ।
यस साता अन्य उपसमूहको परिसूचक सर्वाधिक ३.१० प्रतिशत घटेको छ। गत साता २०४३.२८ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ६३.४४ अंक घटेर १९७९.८४ विन्दुमा झरेको छ। अंकका आधारमा भने यस साता निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक २८२.९२ अंक घटेको छ । गत साता ११ हजार ३५२.८७ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ११ हजार ६९.८४ विन्दुमा झरेको छ ।













समाचार
एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
अनलाइन जुवा खेलाएको आरोपमा भारतीय सहित ४२ जना पक्राउ
उद्योग वाणिज्य महासंघको यातायात समितिको उपसभापतिमा मेघराज पौडेल
भदौमा ई–कमर्सको कारोबार रकम बढ्यो
ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा अनुमोदित
सेयर बजारमा इन्ट्राडे कारोबारको तयारी, बोर्डले ल्यायो अवधारणापत्र
भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन
सेयर बजार ११ अंकले बढ्यो, कारोबार ५ अर्ब ४४ करोड माथि