
काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडको ११ औँ वार्षिक साधारणसभा आज पुस १५ गते बस्दैछ । सभा काठमाडौंको गौशालास्थित बद्रीनाथ होटलमा बिहान साढे ११ बजेदेखि शुरु हुनेछ ।
सभाले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र ०.२६३ प्रतिशत नगद लाभांश (कर तिर्न) वितरणको प्रस्ताव पारित गर्ने र सोपछि कायम हुने चुक्ता पुँजीको १ बराबर १ को अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ ।
साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरणहरू उपर छलफल गरी पारित गर्नुका साथै चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ । त्यसैगरी सञ्चालकको नियुक्ति अनुमोदन गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने, सञ्चालक समितिले गरेका निर्णयहरू अनुमोदन गर्ने र सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १ गते एक दिनका लागि बुक क्लोज गरिसकेको छ । तसर्थ मंसिर २९ गतेसम्म नेप्सेमा कायम सेयरधनीहरू मात्रै साधारणसभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।













समाचार
आजको मौसम : यी स्थानमा अति भारी वर्षाको सम्भावना
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
अनलाइन जुवा खेलाएको आरोपमा भारतीय सहित ४२ जना पक्राउ
उद्योग वाणिज्य महासंघको यातायात समितिको उपसभापतिमा मेघराज पौडेल
भदौमा ई–कमर्सको कारोबार रकम बढ्यो
ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा अनुमोदित
सेयर बजारमा इन्ट्राडे कारोबारको तयारी, बोर्डले ल्यायो अवधारणापत्र
भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश