
काठमाडौं । पछिल्लो एक हप्ताको अवधिको सुनको मूल्य ५ हजार ३०० रुपैयाँले घटेको छ । गत जेठ २९ गते शुक्रबार नेपाली बजारमा प्रतितोला २ लाख ९२ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य असार ५ गते शुक्रबारसम्म आइपुग्दा ५ हजार ३०० रुपैयाँले घटेर २ लाख ८६ हजार ७०० रुपैयाँमा कारोबार भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, गत जेठ ३१ गते आइतबार नेपाली बजारमा सुनको मूल्य ६ हजार ५०० रुपैयाँले बढेर प्रतितोला २ लाख ९३ हजार २०० रुपैयाँ पुगेको थियो । त्यस्तै, असार १ गते सोमबार एकैदिन सुन प्रतितोला ५ हजार रुपैयाँले बढेर २ लाख ९८ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तैगरी,असार २ गते मंगलबार भने प्रतितोलामा ३०० रुपैयाँले बढेको सुनको मूल्य त्यसदिन २ लाख ९८ हजार ५०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । त्यस्तै, असार ३ गते बुधबार भने सुनको मूल्य घटेको छ । उक्त दिन सुन प्रतितोला २ लाख ९७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, असार ४ गते बिहीबार पनि सुनको मूल्य प्रतितोलामा १०० रुपैँयाले घटेर त्यसदिन २ लाख ९७ हजार २०० रुपैयाँमा कारोबार भएको छ । असार ५ गते शुक्रबार भने अघिल्लो दिनको तुलनामा एकैदिन सुनको मूल्य प्रतितोलामा १० हजार ५०० रुपैयाँले घटेर प्रतितोला २ लाख ८६ हजार ७०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।













समाचार
एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
अनलाइन जुवा खेलाएको आरोपमा भारतीय सहित ४२ जना पक्राउ
उद्योग वाणिज्य महासंघको यातायात समितिको उपसभापतिमा मेघराज पौडेल
भदौमा ई–कमर्सको कारोबार रकम बढ्यो
ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा अनुमोदित
सेयर बजारमा इन्ट्राडे कारोबारको तयारी, बोर्डले ल्यायो अवधारणापत्र
भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन
सेयर बजार ११ अंकले बढ्यो, कारोबार ५ अर्ब ४४ करोड माथि