
काठमाडौं । नाइजेरियाको मध्य पठार राज्यको कावेल समुदायका बासिन्दाहरूलाई लक्षित गरी अज्ञात सशस्त्र व्यक्तिहरूको समूहले आक्रमण गर्दा कम्तिमा २० जनाको मृत्यु भएको प्रहरीले मङ्गलबार जनाएको छ।
पठार राज्यका प्रहरी प्रवक्ता अल्फ्रेड अलाबोलाई उदृत गर्दै सिन्ह्वाले आक्रमणकारीहरूले बोकोस स्थानीय सरकारी क्षेत्रमा कावेल समुदायमा गोली चलाएर आक्रमण सुरु गरेको र घटनास्थलबाट भाग्नु अघि बासिन्दाहरूलाई धारिला हतियारले प्रहार गरी आक्रमण गरेको जनाएको छ ।
अलाबोले १८ जनाको घटनास्थलमै मृत्यु भएको पुष्टि गर्दै अन्य तीन जना घाइते भएको बताउनु भएको छ । घाइते मध्ये दुई जनाको पछि अस्पतालमा मृत्यु भएको उनले बताए । आक्रमणको उद्देश्य अज्ञात रहेको र प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको उनले बताए।
पठार राज्य नाइजेरियाको मध्य क्षेत्रमा अवस्थित छ, जुन देशको मुख्यतया मुस्लिम उत्तर र मुख्यतया इसाई दक्षिणलाई जोड्ने क्षेत्र हो। राज्यले हालका वर्षहरूमा बारम्बार हिंसाको सामना गरेको छ, जसमा विभिन्न समुदायहरूबिच भूमि र स्रोतहरू माथि विवादहरू हुने गरेको जनाइएको छ।













समाचार
एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
अनलाइन जुवा खेलाएको आरोपमा भारतीय सहित ४२ जना पक्राउ
उद्योग वाणिज्य महासंघको यातायात समितिको उपसभापतिमा मेघराज पौडेल
भदौमा ई–कमर्सको कारोबार रकम बढ्यो
ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा अनुमोदित
सेयर बजारमा इन्ट्राडे कारोबारको तयारी, बोर्डले ल्यायो अवधारणापत्र
भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन
सेयर बजार ११ अंकले बढ्यो, कारोबार ५ अर्ब ४४ करोड माथि