
काठमाडौं । क्रिस्टियानो रोनाल्डोले कीर्तिमानी गोल गरेपछि पोर्चुगलले फिफा विश्वकप २०२६ मा पहिलो जित हात पार्दै नकआउट चरणमा प्रवेश गर्ने सम्भावना बलियो बनाएको छ । समूह के अन्तर्गत अमेरिकाको ह्युस्टनमा भएको खेलमा रोनाल्डोको दुई गोल मदतमा पोर्चुगलले पहिलो पटक विश्वकप खेलिरहेको उज्वेकिस्तानलाई ५–० ले पराजित गरेको हो ।
पोर्चुगलका नुनो मेन्डेज र राफेल लिआऔले पनि १–१ गोल गरे भने एक आत्मघाती गोल उपहार पाएको थियो । समुह के मा पहिलो जितपछि पोर्चुगल २ खेलबाट ४ अंक जोड्दै शीर्ष स्थानमा उक्लेको छ र नकआउट चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ । पहिलो खेलमा पोर्चुगलले डिआर कंगोसँग १–१ को बराबरी खेल्दै अंक बाँडेको थियो । लगातार दोस्रो हारपछि उज्वेकिस्तान भने समूह चरणबाटै बाहिरिने संघारमा पुगेको छ । अर्को खेलमा डिआर कंगोले कोलम्बियालाई पराजित गरेमा उज्वेकिस्तान अन्तिम खेल खेल्नुअघि नै समुह चरणबाट बाहिरिने निश्चित हुनेछ ।
पोर्चुगलले अब समुहको अन्तिम खेल कोलम्बियासँग २७ जुनमा खेल्नेछ । त्यसअघि कोलम्बियाले बुधबार बिहान डिआर कंगोसँग आफ्नो दोस्रो खेल खेल्नेछ ।
रोनाल्डोले खेलको छैटौं मिनेटमै गोल गर्दैं लगातार ६ विश्वकपमा गोल गर्ने पहिलो खेलाडीको कीर्तिमान बनाउँदै पोर्चुगललाई सुरुमै अग्रता दिलाएका थिए । समूहको पहिलो खेलमा डिआर कंगो विरुद्ध गोल गर्न असफल भएका रोनाल्डोले उज्वेकिस्तान विरुद्ध सुरुमै गोल गर्दै ६ विश्वकपमा गोल गर्ने एक्लो खेलाडी बने ।
रोनाल्डोले सन् २००६ देखि २०२६ सम्म लगातार ६ विश्वकप खेल्दा ६ वटै विश्वकपमा गोल गरेका हुन् ।













समाचार
एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
अनलाइन जुवा खेलाएको आरोपमा भारतीय सहित ४२ जना पक्राउ
उद्योग वाणिज्य महासंघको यातायात समितिको उपसभापतिमा मेघराज पौडेल
भदौमा ई–कमर्सको कारोबार रकम बढ्यो
ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा अनुमोदित
सेयर बजारमा इन्ट्राडे कारोबारको तयारी, बोर्डले ल्यायो अवधारणापत्र
भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन
सेयर बजार ११ अंकले बढ्यो, कारोबार ५ अर्ब ४४ करोड माथि