
काठमाडौं । ब्राजिल र मोरक्को फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेका छन् । बिहिबार बिहान भएको खेलमा ब्राजिलले स्कटल्यान्ड र मोरक्कोले हाइटीलाई हराउँदै नकआउट चरणमा प्रवेश गरेका हुन् ।
समूह ‘सी’ अन्तर्गत एटलान्टा स्टेडियममा मोरक्कोले हाइटीलाई पराजित गर्यो । मियामी स्टेडियममा ब्राजिलले स्कटल्यान्डलाई ३–० ले हराउँदै समूह विजेता बन्यो । ब्राजिलको ७ अंक छ । समान ७ अंक रहेको मोरक्को हेड टु हेडअनुसार उपविजेता बन्यो । स्कटल्यान्डमाथि सहज जित निकाल्दा ब्राजिलका भिनिसियस जुनियरले दुई र मथेउस कुन्हाले एक गोल गरे । भिनिसियसले खेलको सातौं मिनेटमा गोल गर्दै पहिलो अग्रता लिएका थिए । भिनिसियसले पहिलो हाफको इन्जुरी समयमा गोल अग्रता दोब्बर बनाए । ६० औं मिनेटमा कुन्हाले गोल गर्दै अग्रता तेब्बर बनाए ।
दुईपटकको अग्रता जोगाउन नसक्दा हाइटी जितविहीन बन्न पुग्यो । मोरक्कोले हाइटीलाइ ४–२ ले पराजित गर्यो । १०औं मिनेटमा आत्मघाती गोलमार्फत अग्रता लिएको थियो । ३९ औं मिनेटमा मोरक्कोले बराबरी गोल फर्कायो । ४३ औं मिनेटमा हाइटीले दोस्रोपटक अग्रता लियो । उक्त अग्रता पनि जोगाउन सकेन । पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै मोरक्कोलाई बराबरीमा फर्काए ।
खेलको ७८औं मिनेटमा पहिलो अग्रता लिएको मोरक्कोले ८९ औं मिनेटमा अर्काे गोल गर्दै अग्रता दुई गोलमा पुर्यायो । त्यसपछि गोल हुन सकेन र मोरक्को विजयी भएको हो । हाइटी यसअघि नै प्रतियोगिताबाट बाहिरिदा स्कटल्यान्डको नकआउट पुग्ने झिनो सम्भावना कायमै छ ।













समाचार
सानिमा रिलायन्स लाइफको नाफामा झिनो सुधार, जीवन बीमा कोष २५ अर्ब माथि
६० प्रतिशतले बढ्यो राष्ट्रिय वाणिज्य बैंकको नाफा, इपीएस सहित अन्य सूचक कस्ता ?
नेपाल लाइफको नाफा ४६ करोड माथि, जीवन बीमाकोष पौने ३ अर्ब नजिक
एलआईसी नेपालको नाफा साढे २८ प्रतिशत बढ्यो, यस्ता छन् अन्य सूचक
साढे ७ प्रतिशतले बढ्यो सर्वोत्तम सिमेन्टको नाफा, अन्य सूचक कस्ता ?
नागरिक लगानी कोषको खुद नाफामा सुधार, ईपीएस कति ?
वरिष्ठ पत्रकार किशोर श्रेष्ठ पक्राउको विरोधमा भत्सर्ना, अविलम्ब रिहाइ गर्न विभिन्न पत्रकार संङहरुको माग
प्रतिबन्धित रातो जङ्गली च्याउसहित एक जना पक्राउ
आयुर्वेद चिकित्सालयः नागरिकको भरोसा बढ्यो, सरकारको ध्यान बढेन
आज राष्ट्रियसभाको बैठक, पाँच संसदीय समितिको पनि बैठक बस्दै