
झापा । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड र कृषि सामग्री कम्पनीको झापा शाखाले जिल्लाका सहकारी र कृषि फार्महरूमार्फत किसानलाई रासायनिक मल बिक्री गरिरहेको जनाएको छ ।
कर्पोरेसनको झापा शाखाका प्रमुख विष्णु न्यौपानेले चालु आर्थिक वर्ष २०८२/८३ मा कूल ७०८.५ मेट्रिक टन रासायनिक मल बिक्री वितरणका लागि ल्याइएको बताए। यसमा युरिया मल १७२.५० मेट्रिक टन, डिएपी मल २२६ मेट्रिक टन र पोटास मल ४१० मेट्रिक टन रहेको छ ।
किसानलाई सहज रूपमा मल उपलब्ध गराउन जिल्लाका १५१ कृषि सहकारी तथा कृषि फार्म छनोट गरिएको र तिनै संस्थामार्फत किसानलाई धमाधम बिक्री वितरण गरिरहेको उनले बताए ।
हालसम्मको विवरण अनुसार युरिया मल ४२ मेट्रिक टन, डीएपी मल ६२.३० मेट्रिक टन र पोटास मल ५.७५ मेट्रिक टन बिक्री भइसकेको उनको भनाइ छ ।यसैबीच, साल्ट ट्रेडिङ कर्पोरेसनसँगै कृषि सामग्री कम्पनी लिमिटेड बिर्तामोड शाखाबाट पनि जिल्लाका १५स्थानीय तहमा मल पठाइएको जनाइएको छ ।
गौरादह नगरपालिका, बुद्धशान्ति गाउँपालिका र कचनकबल गाउँपालिकाका लागि कम्पनीले यसै साता ४६ मेट्रिक टन रासायनिक मल उपलब्ध गराएको जनाएको छ ।
उक्त मल सहकारी र फार्ममार्फत किसानलाई बिक्री गरिन्छ । धान रोपाइँ सुरु भएसँगै किसानलाई मुख्य रूपमा युरिया, डिएपी र पोटास मल बढी आवश्यक पर्ने गरेको छ ।













समाचार
बढ्यो अण्डाको मूल्य, कति पुग्याे प्रतिक्रेट ?
सानिगाड हाइड्रोको नाफामा ३९० प्रतिशतको वृद्धि, प्रतिसेयर आम्दानी सहति अन्य सूचक कस्ता ?
प्रभु महालक्ष्मी लाइफको संस्थापक सेयर बिक्रीमा
सेयर बजारमा पुँजीगत लाभकर घटाउन रौनियारको माग, सेबोनलाई दिए १५ बुँदे सुझाव
निर्देशक सुब्बा र साहित्यकार अधिकारीलाई १ लाख ५० हजारको ‘दाहाल यज्ञनिधि पुरस्कार’
‘ब्रोड पिक’मा निधन भएका तीन नेपालीको शव आज काठमाडौँ ल्याइँदै
स्रोत नखुलेको ५२ लाख नगद सहित पर्साबाट ४ जना पक्राउ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
पहिरोका कारण दोसल्लेका नौ घरपरिवार विस्थापित
नाइमा मोबिलिटी एक्स्पो आजदेखि सुरु हुँदै, विद्युतीय र नवीनतम सवारीसाधनको भव्य प्रदर्शनी