
नवलपरासी । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाले ५० प्रतिशत अनुदानमा किसानलाई धानको बीउ वितरण गरेको छ । प्रतिकिलो रु ४५ को दरले किसानलाई धानको बीउ वितरण गरिरहेको पाल्हीनन्दन–६ निवासी बन्धु यादवले जानकारी दिए । यही जेठ २ गतेदेखि गाउँपालिकाले हर्दीनाथ, बहुगुडी, साभा एक नामक धानको बीउ ३८० किसानलाई वितरण गरिसकेको गाउँपालिकाका कृषि शाखा अधिकृत पशुपतिनाथ चौधरीले बताए ।
उनका अनुसार हर्दीनाथ मध्यम–खेतमा र बहुगुडी, साभा धान खाला खेतमा उत्पादन हुने धान हो । भारतबाट धानको बीउ ल्याउदा महँगो पर्ने र बीउ राम्रो नहुने, उत्पादन कम हुने र प्रहरीले रोक्ने गुनासो आएपछि गाउँपालिकाले किसानको समस्यालाई मध्यनजर गर्दै धानको बीउ वितरण सुरु गरेको कृषि शाखा अधिकृत चौधरीको भनाइ छ ।
धानमा कुनै समस्या आयो वा उत्पादन भएन भने बुद्ध सिड कम्पनीसँग कानुन बमोजिम किसानलाई क्षतिपूर्ति उपलब्ध गराइने जनाइएको छ । रु पाँच लाख किसानको र पाँच लाख गाउँपालिकाको गरी रु १० लाख बराबरको धानको बीउ वितरण गरिरहेको गाउँपालिकाले जनाएको छ । नागरिकता र लालपुर्जाको प्रतिलिपी लिएर आउने किसानलाई धानको विउ वितरण गरिरहेको गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ताले बताए । गत वर्ष पनि गाउँपालिकाले किसानलाई धानको बीउ वितरण गरेको थियो ।













समाचार
पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि
सम्बन्ध विच्छेदका मुद्दा उच्च, समाजमा जटिल समस्या पैदा गर्नेप्रति चिन्ता
जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
युक्रेनको सपिङ मलमा रुसी ड्रोन आक्रमण, १५ जनाको मृत्यु
‘सुपर एल निनो’को सम्भावित जोखिम : चिन्ता ऊर्जा सङ्कटको
राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका राष्ट्रपतिलाई बधाई
पहिरोले घर जोखिममा, पानी पर्नासाथ छिमेकीको घरमा बास
पहिरोले देशका विभिन्न सडक अवरुद्ध
पुँजी बजार सुधार र नयाँ वित्तीय उपकरणबारे : पुँजी बजार सुधार र नयाँ वित्तीय उपकरणबारे छलफल
साताको सेयर : परिसूचक करिब १ प्रतिशतले घट्दा, औषत कारोबार बढ्यो