
काठमाडौं । दक्षिण अफ्रिका पहिलोपटक फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ । समूह ‘ए’ अन्तर्गतको अन्तिम खेलमा दक्षिण कोरियालाई १–० ले पराजित गर्दै दक्षिण अफ्रिका नकआउट चरणमा प्रवेश गरेको हो ।
दक्षिण अफ्रिकाको जितमा थापेलो मासेकोले निर्णायक गोल गरे । थापेलोले ६३औं मिनेटमा गरेको गोल नै जितका लागि पर्याप्त भयो । चौथोपटक विश्वकप खेलेको दक्षिण अफ्रिका पहिलोपटक समूह चरण पार गरेको हो । सन् १९९८, २००२ र २०१० मा विश्वकप खेलेको दक्षिण अफ्रिकाले समूह चरण पार गर्न सकेको थिएन । दक्षिण अफ्रिकाले ३ खेलबाट ४ अंक जोड्दै समूह उपविजेताको रुपमा नकआउटमा पुगेको हो । सहआयोजक मेक्सिको ९ अंकसहित समूह विजेता बन्दै नकआउटमा स्थान बनाएको हो ।
‘ए’को विजेता मेक्सिको बनेको छ । बिहीबार सम्पन्न खेलमा चेक रिपब्लिकलाई ३–० गोलअन्तरले हराउँदै मेक्सिकोले समूह विजेता बनेको हो । मेक्सिकोको ३ खेलमा शतप्रतिशत जित निकाल्दै ९ अंक जोडेको छ । मेक्सिकोसँग पराजित भएको चेक रिपब्लिक तीन खेलमा एक बराबरी र दुई हार बेहोर्दै अंक तालिकाको पुछारमा रह्यो ।













समाचार
रसुवा हाइड्रोपावरको विशेष साधारणसभा भदौ २० गते, के के छन एजेण्डा ?
डिप्रोक्स नेपालको ३३ औ बार्षिक साधारणसभा असोज ८ गते
एघार महिनामा पाकेको गहुँ साइत जुराएर काट्छन् चुमभ्यालीका किसान
वर्षा र पहिराेले विभिन्न सडक अवरुद्ध
सयपत्री हाइड्रोपावरको नाफामा २७ प्रतिशतले घट्यो, अन्य सूचक कस्ता ?
जुम्लामा एक जना मृतावस्थामा फेला
ढोरपाटनमा विदेशी सिकारीको आकर्षण, कसरी हुन्छ सिकार ?
नेपालमा मिलिटरी ग्रीन र भारतमा सिल्भर रङमा सार्वजनिक भयो रोयल इन्फिल्डको नयाँ ‘गोर्खा एडिसन’
स्वास्थ्य बीमाको बजेट घटेको छैन, गत वर्ष ११ र यस वर्ष ५ अर्ब थपियो : अर्थमन्त्री वाग्ले
पेरुमा ६.७ म्याग्निच्युडको भूकम्प