
काठमाडौं । देशभरका दुग्ध प्रशोधन उद्योगहरूको छाता संस्था ‘डेरी उद्योग संघ’ को १७ औँ वार्षिक साधारण सभाले आगामी दुई वर्षका लागि नयाँ कार्य समिति सर्वसम्मतरूपमा चयन गरेको छ।
संघको यस साधारण सभाबाट सुजल डेरी प्रालि पोखराका निरञ्जन श्रेष्ठ अध्यक्ष पदमा निर्वाचित भएका छन् । बुधबार काठमाडौंमा सम्पन्न संघको १७ औं वार्षिक साधारण सभाले सुजल डेरी प्रालि पोखराका सञ्चालक श्रेष्ठको अध्यक्षतामा आगामी २ वर्षका लागि ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
त्यसैगरी संघको निवर्तमान अध्यक्षमा राजधानी डेरी ललितपुरका राजकुमार दाहाल रहेका छन् भने उपाध्यक्षमा आधुनिक डेरी काठमाडौँका विश्वराज बस्नेत चयन भएका छन् ।नवनिर्वाचित कार्यसमितिको महासचिवमा जय श्री कृष्ण डेरी प्रालिका सुरज सापकोटा र कोषाध्यक्षमा संयुक्त डेरी फुड प्रालिका कुलप्रसाद घिमिरे चयन भएका छन् ।
यस्तै कार्यसमिति सदस्यहरुमा बीडीसी फूड तथा भवानी डेरी प्रालिका देवरथ बराल, सैजु डेरी प्रालिका जेनन सैजु, मदानी डेरी प्रालिका माधव दाहाल, एनएमसी डेरी उद्योगका रामचन्द्र उप्रेती, पंचशिल डेरी प्रालिका पुष्पराज बस्नेत र कालिका डेरी प्रालिका शिवप्रसाद त्यात चयन भएका छन् ।













समाचार
विशेष कार्यक्रमका बीच नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को भव्य उद्घाटन, पहिलो दिन नै २९ हजारभन्दा बढीले गरे अवलोकन
नेपालमा निसानको नयाँ एसयूभी टेकटन लन्च, मूल्य ५१ लाख २९ हजार रुपैयाँ
महिन्द्राको नयाँ पुस्ताको एसयूभी नाइमा एक्स्पोमा, एक्सइभी९ एसको सुरुवाती मूल्य ६० लाख
नाइमा नेपाल मोबिलिटी एक्स्पो सुरु: ह्युन्डाई, एमजी र कियाका नयाँ मोडल सार्वजनिक
एकल वा दम्पत्ति भएमा १० लाख देखि ६० लाखसम्म कमाँउदा तपाईले कति तिर्ने आयकर ?
चितवनमा निर्माण व्यवसायी महासंघको राष्ट्रिय सम्मेलन-२०८३ हुने
क्रिप्टोकरेन्सीमा गिरावटपछि डोनाल्ड ट्रम्पको सामाजिक सञ्जाल कम्पनी लाई २३ करोड ८० लाख डलर घाटा
नेपालमा एक दशकभित्र देशभर ५जी सेवा विस्तार गर्ने लक्ष्य
गर्भनरसँगको भेट पछि मिस नेपाल ढकालले भनिन् : जीवनभन्दा ठूलो ऋण होइन
झापा इनर्जीको विद्युत उत्पादन पुनः सुचारु