
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले महाधिवेशनका समयमा आमन्त्रण गरिएका विभिन्न राजनीतिक दलका अतिथिहरूमाथि भएको कमजोरीप्रति क्षमा मागेका छन् । शपथपछि महाधिवेशन समापन समारोहलाई सम्बोधन गर्दै उनले केही कमजोरीका कारण आमन्त्रित अतिथिहरूले चित्त दुखाएको विषय आएकाले त्यसमा क्षमा माग्दै पहिलो पटक गरिएको महाधिवेशन र नयाँ भएकाले भएका कमजोरी नियतवश नभएको बुझ्न आग्रह गरे ।
‘हामीले आमन्त्रण गरेका विभिन्न दलका आदरणीय पाहुनाले चित्त दुखाएको विषय पनि आएको छ, हामीले कुनै नियतवश यसो नगरेको प्रस्ट पार्न चाहन्छु र त्यसपछि क्षमा चाहन्छु, आगामी दिनमा सबैको अस्तित्व स्वीकार गर्ने, सबैलाई सम्मान गरेर जाने विषयमा कुनै शङ्का गर्नुपर्दैन’, उनले भने ।
लामिछानेले घुमाउरो शैलीले पार्टीका नेता तथा सांसदहरूलाई आफ्नो अभिव्यक्तिमा विशेष ध्यान दिन निर्देशन नै गरेका थिए । ‘अब हामीलाई अध्ययन नगरी बोल्ने छुट छैन । धेरै परिपक्व भइसकेका छौँ । जिम्मेवारी धेरै छन् । सानो अभिव्यक्तिले ठूलो विवाद आउन सक्छ, सबैले विशेष ख्याल गर्नुहोला’, उनले भने ।













समाचार
च्याम्पियन्स लिगमा रियलको विजयी सुरुवात
म्याग्दी नदीमाथि झोलुङ्गे पुल निर्माण : बाँसबोटका किसानलाई केरा बिक्री गर्न सहज
तादी खोलामा ६० मिटर लामो फलामे पुल जडान, नेपाली सेनाले भोलिसम्ममा काम सक्ने
विस्फोटक पदार्थसहित एक जना पक्राउ
दैलेखको भम्लु खोलामा सुख्खा पहिरो, कर्णाली राजमार्ग अवरुद्ध
बाढीबाट भएको क्षतिको यथार्थ मूल्याङ्कन गर्न अर्थमन्त्रीको निर्देशन
मुस्ताङ भन्सारः ५६ करोड राजस्व सङ्कलन
सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ कार्यसूची
देशभर मनसुन सक्रिय, कस्तो रहला आजको मौसम ?
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर