
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’मा उज्बेकिस्तानलाई हराउँदै कंगो डीआर नकआउट चरणमा प्रवेश गरेको छ । सुरुमै गोल खाएर पछि परेको अवस्थालाई उल्टाउँदै कंगोले अन्तिम समयमा कमब्याक गर्दै ३–१ गोलअन्तरको जित निकालेको हो ।
खेलको १० औं मिनेटमा उज्बेकिस्तानका एल्डोर शोमुरोडोभले गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । त्यसपछि लामो समय गोल भएन । ६८ औं मिनेटमा कंगो पेनाल्टीको मौका पायो । जसलाई योवान विसाले उज्बेकिस्तानको गोलपोस्टमा सजिलै प्रहार गरेर खेललाई बराबरीमा ल्याए ।
त्यसको १० मिनेटपछि ७८ औं मिनेटमा फिस्टन मायेलेले अर्को गोल थपेर कंगोलाई अग्रता दिलाए । यस्तै अन्तिमतिर इन्जुरी समयमा योवान विसाले नै अर्को गोल गरेर कंगोलाई ३–१को स्थितिमा पु¥याए । त्यही खेलको अन्तिम नतिजा कायम भयो । यो जितसँगै कंगोले समूह ‘के’ ४ अंकसहित तेस्रो रह्यो । जुन उत्कृष्ट तेस्रोमध्ये पर्दै नकआउट चरण पुग्न पर्याप्त थियो । यसरी ५२ वर्षपछि विश्वकप खेलेको कंगो पहिलो पटकमै नकआउट पुगेको छ ।
यो समूहकै अर्को खेलमा पोर्चुगल र कोलम्बियाले गोलरहित बराबरी खेले । जसले कोलम्बिया ७ अंकसहित समूह विजेता बन्दा पोर्चुगल ५ अंकसहित उपविजेतामा चित्त बुझाउन बाध्य भयो ।













समाचार
मिथिला क्षेत्रमा आजदेखि दसैँको रौनक, ४० स्थानमा दुर्गा मेला
निःशुल्क आँखा शिविरबाट ९५४ जना लाभान्वित, १०३ जनाको शल्यक्रिया
देशभर ३१ वटा विपद्का घटनामा एक जनाको मृत्यु, १६ घाइते
विश्वकप क्रिकेट लिग–२ मा नेपालले आज क्यानडासँग खेल्दै
चेल्सीको फराकिलो जित
गोरखाको चुमनुम्ब्रीमा आकस्मिक बाढी, खोला थुनिएको आशंका
महामन्त्री खुलामा पौडेल र पुनको अग्रता, महिलातर्फ संग्रौला अगाडि
पोर्चुगलका कप्तान रोनाल्डो निलम्बित
झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ
वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै भोजपुरका लक्ष्मीप्रसाद