
कालीकोट । कालीकोट जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । जिल्लाका नौवटै स्थानीय तहलाई पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा भएपछि आइतबार जिल्लालाई घोषणा गरिएको हो ।
जिल्लाभरका जन्मेदेखि पाँच वर्षमुनिका बालबालिकाले नौवटा गर्भवतीका लागि एक र किशोरीका लागि एक गरी ११ वटा खोप पाएको सुनिश्चित गरिएपछि पूर्णखोप जिल्ला घोषणा गरिएको जिल्ला खोप समन्वय समिति सदस्यसचिव तथा स्वास्थ्य सेवा व्यवस्थापक डा रत्नवीर सुनारले बताए।
‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ जिल्लालाई कर्णाली प्रदेशको तेस्रो पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा गरिएको छ । उनले भने, “यसमा महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी र स्थानीय तहको योगदानले रहेको छ ।”
जन्मेदेखि १५ महिनाभित्रका बालबालिकालाई विभिन्न रोगबाट बचाउन खोप तालिकामा उल्लेखित खोप लगाइसक्नुपर्ने भए पनि कुनै कारणले छुटेका १६ देखि ५९ महिनाका बालबालिकालाई स्थानीय तहका स्वास्थ्य शाखामार्फत खोजी गरेर खोज र खोप अभियानमार्फत सबै खोपको मात्रा पूरा गरेपछि पूर्णखोप सुनिश्चित घोषणा गर्ने प्रावधान रहेको स्वास्थ्य सेवा कार्यालय कालीकोटका खोप फोकल पर्सन कटकबहादुर महतले बताए ।
“तीन हजार ६३६ बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको थियो”, उनले भने, “त्यो काम पूर्णता पाएपछि पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो ।” दैलेख, सुर्खेतपछि कालीकोटले पूर्णखोप सुनिश्चितता जिल्लाको घोषणा भएको कर्णाली प्रदेश खोप समन्वय समितिका जनस्वास्थ्य अधिकृत ओमप्रसाद पौडेलले बताए।
“खोपबाट कोही पनि कहिल्यै पनि नछुट्ने वातावरण बनाउन सबै सरोकारवालाको भूमिका छ”, उनले भने, “माघ, फागुन र चैतमा घरधुरी सर्वेक्षण गरेर वैशाखलाई खोप महिनाका रूपमा खोप अभियान सञ्चालन गरिएको थियो । बालबालिकालाई जेठमा खोप दिएर वडा, पालिका, जिल्ला हुँदै प्रदेशलाई पूर्णखोपयुक्त घोषणाको तालिका रहेको छ ।”













समाचार
पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि
सम्बन्ध विच्छेदका मुद्दा उच्च, समाजमा जटिल समस्या पैदा गर्नेप्रति चिन्ता
जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
युक्रेनको सपिङ मलमा रुसी ड्रोन आक्रमण, १५ जनाको मृत्यु
‘सुपर एल निनो’को सम्भावित जोखिम : चिन्ता ऊर्जा सङ्कटको
राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका राष्ट्रपतिलाई बधाई
पहिरोले घर जोखिममा, पानी पर्नासाथ छिमेकीको घरमा बास
पहिरोले देशका विभिन्न सडक अवरुद्ध
पुँजी बजार सुधार र नयाँ वित्तीय उपकरणबारे : पुँजी बजार सुधार र नयाँ वित्तीय उपकरणबारे छलफल
साताको सेयर : परिसूचक करिब १ प्रतिशतले घट्दा, औषत कारोबार बढ्यो