
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीहरूको जीवन दर्शन नै दर्शन सेवा, करुणा, प्रेम, मानवता र शान्तिको उच्चतम अभ्यासबाट अभिप्रेरित भएको बताएका छन् । रोटरी क्लब अफ भादगाउँद्वारा राष्ट्रपति भवन शीतलनिवासमा मंगलबार आयोजित सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले सहकार्य, सदभाव र सहिष्णुताले असल मार्गमा हिँड्न प्रेरित गर्ने बताए ।
राष्ट्रपति पौडेलले निस्वार्थ भावले मानव सेवामा समर्पित हुनु नै सबैभन्दा ठूलो धर्म हो भन्ने आफूलाई लागेको भन्दै विश्व शान्ति, अन्तर्राष्ट्रिय सहकार्य र मानव कल्याणका क्षेत्रमा रोटरीले देखाएको प्रतिबद्धता आजको बदलिँदो परिवेशमा अझ सान्दर्भिक हुँदै गएको बताए ।
संयुक्त राष्ट्रसंघको चार्टर लेखनमा रोटरीले दिएको योगदान सदैव स्मरणीय रहेको राष्ट्रपति पौडेलले बताए । कार्यक्रममा १४ जना पूर्व डिस्ट्रिक गर्भनर तथा क्लबका संस्थापक अध्यक्षलाई सम्मान गरिएको थियो ।













समाचार
हतुवागढी खैराङमा अदुवा खेती विस्तार
चिनाकोट दरबार क्षेत्रमा पर्यटकीय पूर्वाधार निर्माण
भोटेकोशी बाढीः ‘मेरो गर्भमा हुर्किरहेको बच्चाले बाबुको काख पाओस् !’
अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’
सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची सार्वजनिक
देशभर मनसुनी वायुको प्रभाव कायमै, ५ प्रदेशमा भारी वर्षाको सम्भावना
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
रास्वपा ओखलढुंगाका सांसद पोखरेलको स्वकीय सचिवमा पत्रकार थापामगर नियुक्त
चिलिमे जलविद्युत् आयोजनामा नेपाली सेनाको खोज तथा उद्धार तीव्र
५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज