
जनकपुरधाम । सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा महोत्तरी जिल्लाबाट जन्मकैदको सजाय पाएका मधेशका निलम्बित सांसद अभिराम शर्मालाई उच्च अदालतको आदेशले राहत भएको छ ।
जिल्ला अदालतको फैसला उल्टाएर उनलाई उच्च अदालत जनकपुरले पाँच वर्ष कैद सजाय तोकेको छ । तत्कालीन लोसपाका संसदीय दलका नेता शर्मा जन्मकैद सजाय सुनाइएपछि फरार छन् । उनलाई मधेश प्रदेशसभाले निलम्बन गरिसकेको छ ।
जिल्ला अदालत महोत्तरीले २०८० मंसिर २८ गते सुनाएको फैसालामा शर्मा लगायत ७ जनलाई जन्मकैदको सजाय सुनाएको थियो । उच्चले भने तीनजनाको हकमा जिल्लाको फैसला जन्मकैद सजर र चारजनलाई पाँचपाँच वर्ष कैद सजाय सुनाएको हो ।
अभियुक्तहरु संजय साह, मोहन ठाकुर, प्रदीप रायलाई जन्मकैद जिल्लाकै फैसला सदर गरेको हो । यस्तै अभिराम शर्मा, धर्मेन्द्र राय, रामशंकर मिश्र र सुरेश पाण्डेलाई जन्मकैदको फैसला उल्टाएर जनही पाँचपाँच वर्ष कैद सजाय सुनाएको हो ।उच्च अदालत जनकपुरका न्यायाधीशद्वय टेकनारायण कुँवर र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले यस्तो फैसला सुनाएको हो ।
२०८० मंसिर २८ गते जिल्ला अदालत महोत्तरीका न्यायाधीश उद्धबप्रसाद भट्टराईको इजलाशले सुनाएको फैसला विरुद्ध शर्माका बुवा महेन्द्र शर्माले २०८१ वैशाख ९ गते, मिश्रको हकमा उनको श्रीमती संगीता कुमारी शर्मा, पाण्डेको हकमा उनको छोरी प्रियंका पाण्डे र धमेन्द्र रायको हकमा उनको दाजु अरविवन्द कुमार रायले उच्च अदालतमा निवेदन दिएका थिए । अढाई वर्षको अवधिमा ५० औं पेशीमा आज फैसलाबाट फैसला सुनाइएको हो । ४९ वटा पेशी स्थगित भएको थियो ।
मधेश आन्दोलनको क्रममा २०७२ भदौ २५ गते हेटौंडाबाट संयुक्त राष्ट्रसंघीय मिसनका लागि परीक्षा दिएर ड्युटीको लागि महोत्तरी आएका असई थमन बिकमाथि महोत्तरीमा आन्दोलनकारीले आक्रमण गरेका थिए ।
घाइते बिकलाई जलेश्वर अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारको लागि एम्बुलेन्समा जनकपुर ल्याउँदै गर्दा महोत्तरीको साविक अनैठा गाविसमा आन्दोलनकारीले निकालेर कुटपिट गर्दा उनको ज्यान गएको थियो ।












समाचार
राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति चाहिन्छ
एमालेका पूर्वसांसद कोइरीलाई पाँच वर्ष कैद
थाइल्यान्डमा कृषिमन्त्रीले भनिन्- जलवायुजन्य चुनौती सामना गर्न अन्तर्राष्ट्रिय सहयोग चाहिन्छ
ग्लोबल आइएई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपबाटै खाता ब्लक गर्न मिल्ने सुविधा, लगइन नगरि सेकेन्डभरमै खाता रोक्का गर्न सकिने
विश्वकपमा इंग्ल्यान्ड र डिआर कङ्गो भिड्दै
तनहुँको सामुदायिक वनमा रुद्राक्षको बिरुवा लगाइयो
सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा
सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन
कार्यगत एकताबाट अघि बढ्नुपर्छः ओली
बजेटमा भएका बीमा सम्बन्धी व्यवस्था कार्यान्वयन सम्बन्धी छलफल