
काठमाडौं । कप्तान ह्यारी केन चम्किँदा इंग्ल्यान्ड फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ । एटलान्टा स्टेडियममा भएको राउन्ड अफ ३२ अन्तर्गतको खेलमा डीआर कंगोलाई २–१ ले पराजित गर्दै इंग्ल्यान्डले अन्तिम १६ को यात्रा तय गरेको हो ।
इंग्ल्यान्डको जितमा कप्तान केन नायक बने । एक गोलले पछि परेको अवस्थामा उनले लगातार दुई गोल गर्दै टोलीलाई २–१ को जित दिलाए । खेलको ७ औं मिनेटमा ब्रायन सिपेङ्गाले गोल गर्दै कंगोलाई अग्रता दिलाएका थिए । पहिलो हाफमै इंग्ल्यान्डले बराबरी गोल पर्काउन लगातार प्रयास गरेपनि कंगोका गोलकिपर लियोनल एमपासी बाधक बने ।
एमपासीले इंग्ल्यान्डका कप्तान ह्यारी केनसहित तीन खेलाडीको प्रहारमा उत्कृष्ट बचाउ गरेका थिए । खेलअवधिभर नै एमपासीले उत्कृष्ट प्रदर्शन गरे । तर, दोस्रो हाफको अन्तिम १५ मिनेटमा इंग्ल्यान्डले दुई गोल फर्कायो । यसमा केनले दुवै गोल गरे । केनले खेलको ७५ औं मिनेटमा गोल गर्दै इंग्ल्यान्डलाइ बराबरीमा ल्याए । एन्थोनी गोर्डनको पासमा केनले हेडरमार्फत गोल गरेका थिए । उनै केनले खेलको ८६ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल टोलीलाई अग्रता दिलाए । त्यसपछि गोल हुन सकेन र इंग्ल्यान्डले पुनरामगन जित निकाल्न सफल भयो ।
यो खेलमा दुई गोल गरेपछि केनले जारी विश्वकपमा ५ गोल गरेका छन् । उनीसँगै नर्वेका एर्लिङ हालान्ड ५ गोल गरेका छन् । फ्रान्सका किलियन एम्बाप्पे र अर्जेन्टिनाका लियोनल मेसीले समान ६ गोल गरेका छन् । साथै केनले विश्वकपमा गोल संख्या १३ पु¥याएका छन् । उनी विश्वकपमा सर्वाधिक गोल गर्नेमा फ्रान्सका जस्ट फोन्टेनसँगै संयुक्त रुपमा छैटौं स्थानमा उक्लिएका छन् ।













समाचार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
बोस्नियालाई हराउँदै आयाेजक अमेरिका अन्तिम १६ मा प्रवेश
नेबिको लिमिटेडको विशेष सधारणसभा आह्वान, के के छन् एजेण्डा ?
कतारमा भइरहेको अमेरिका र इरानबीचको अप्रत्यक्ष वार्ता सकारात्मक
ठमेलमा अश्लील क्रियाकलापमा सङ्लग्न पाँच विदेशी महिला पक्राउ
पोखरा महानगरको बजेट पारित
पाँच वर्षपछि बल्ल सकियाे म्याग्दीको दरवाङ–निस्कोट सडक स्तरोन्नति
पाल्पामा डीएपीप्रति किसानको आकर्षण बढ्दो, युरियाको प्रयोग घट्दै
पुनरागमन जित सहित बेल्जियम विश्वकपको अन्तिम १६ मा, सेनेगलको बाहिरियो
यूनाइटेड अजोड इन्स्योरेन्सको अवितरित हकप्रद सेयर लिलाम बिक्रीमा