
काठमाडौं । सहआयोजक अमेरिका फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ । सान फ्रान्सिस्को बे एरिया स्टेडियममा बिहिबार भएको खेलमा बोस्निया एन्ड हर्जगोभिनालाई २–० ले पराजित गर्दै अमेरिकाले अन्तिम १६ मा स्थान पक्का गरेको हो ।
अमेरिकाको जितमा फोलारिन बालोगुन र मलिक टिलम्यानले एक एक गोल गरे । ४५ औं मिनेटमा फोलारिन बालोगुनले गोल गर्दै अमेरिकालाई अग्रता दिलाएका थिए । सुरुवाती गोल गरेका बालोगुन ६४ मिनेटमा रातो कार्ड खाँदै बाहिरिएपछि अमेरिका १० खेलाडीमा सीमित रह्यो ।
१० खेलाडीमा सीमित रहेपनि अमेरिकाले ८२ औं मिनेटमा अर्काे गोल थप्यो । टिलम्यानले डिबक्सभन्दा केही बाहिरबाट फ्रिकिकमार्फत प्रहार गरेको बल सिधै गोलमा परिणत भयो । त्यसपछि गोल हुन सकेन र अमेरिका २–० ले विजयी भयो ।
अमेरिकाले २४ वर्षपछि विश्वकपको नकआउट चरणमा जित निकालेको छ । यसअघि सन् २००२ मा भएको विश्वकपमा अमेरिका क्वार्टरफाइनलसम्म पुगेको थियो । त्यसयता दोस्रो चरणबाट बाहिरिदै आएको थियो । योसँगै सबै आयोजक राष्ट्र अन्तिम १६ मा प्रवेश गरेका छन् । मेक्सिको र क्यानडाले यसअघि नै अन्तिम १६ मा स्थान बनाइसकेका थिए । अब क्वार्टरफाइनल प्रवेशका लागि अमेरिकाले बेल्जियमसँग खेल्नेछ ।













समाचार
क्रेस्ट माइक्रो लाइफको व्यवसाय सुधार, नाफामा भने ९० प्रतिशतको गिरावट
शतप्रतिशत हकप्रद सेयर बिक्री गर्दै होटल पार्क ल्यान्ड, भदौ १५ बाट आवेदन दिन सकिने
बडीमालिका पूजा आजदेखि सुरु
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् आजका कार्यसूची
दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा
लेन्सलाई सुपर कप, पिएसजी पराजित
माछापुच्छ्रे बैंकको सेयर रजिष्ट्रारमा माछापुच्छ्रे क्यापिटल नियुक्त
असलि इन्भेष्टमेण्टको १८ औँ साधारणसभा आह्वान
देश छोड्नु युवाको बाध्यता होइन, विकल्प बन्नुपर्छः सांसद राणा
५–१० वर्षमा ‘मेक इन नेपाल’बाट ‘मेड इन नेपाल’मा जान्छौँः सौरभ ज्योती