
खोटाङ । जन्तेढुङ्गा गाउँपालिका–२ बोपुङस्थित वासिङ पहिरोले एक शताब्दीभन्दा बढी समयदेखि स्थानीयवासीलाई विस्थापित गर्दै आएको छ। स्थानीयका अनुसार १९९० सालको महाभूकम्पअघि नै सुरु भएको पहिरो अहिलेसम्म रोकिएको छैन।
बुँवाखोलाबाट सुरु भएको पहिरोले दर्जनौँ घर, सयौँ रोपनी खेतबारी र पुरानो गोरेटो बाटो बगाइसकेको छ। वर्षायाममा पहिरोले खोलासमेत थुन्ने भएकाले तल्लो बस्ती थप जोखिममा पर्ने गरेको स्थानीयको भनाइ छ।
करिब एक किलोमिटर क्षेत्रमा फैलिएको पहिरोका कारण धेरै परिवार पुख्र्यौली थातथलो छाडेर तराईका विभिन्न जिल्लामा बसाइँ सरेका छन्। पहिरोभन्दा करिब २०० मिटरमाथि रहेको विजय आधारभूत विद्यालयसमेत जोखिममा रहेको विद्यालयले जनाएको छ।
बोपुङका वडाध्यक्ष मस्तबहादुर राईका अनुसार पहिरो अहिले बुँवाखोलाबाट करिब डेढ किलोमिटर माथिसम्म फैलिएको छ। यसले वालिङ, हुवाला, डुम्रेबोटे, आहाले, बाटुला र खरबनीलगायत गाउँ जोखिममा परेका छन्। वडा वा गाउँपालिकाको बजेटले नियन्त्रण गर्न नसकिने भएकाले सम्बन्धित निकायले तत्काल दीर्घकालीन रोकथामका उपाय अवलम्बन गर्नुपर्ने उनले बताए।
गाउँपालिकाका अनुसार बोपुङसहित अन्य वडाहरू पनि पहिरोको उच्च जोखिममा छन् भने देविस्थान क्षेत्रका धानबालीमा पनि बर्सेनि ठूलो क्षति हुँदै आएको छ।













समाचार
पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि
सम्बन्ध विच्छेदका मुद्दा उच्च, समाजमा जटिल समस्या पैदा गर्नेप्रति चिन्ता
जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
युक्रेनको सपिङ मलमा रुसी ड्रोन आक्रमण, १५ जनाको मृत्यु
‘सुपर एल निनो’को सम्भावित जोखिम : चिन्ता ऊर्जा सङ्कटको
राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका राष्ट्रपतिलाई बधाई
पहिरोले घर जोखिममा, पानी पर्नासाथ छिमेकीको घरमा बास
पहिरोले देशका विभिन्न सडक अवरुद्ध
पुँजी बजार सुधार र नयाँ वित्तीय उपकरणबारे : पुँजी बजार सुधार र नयाँ वित्तीय उपकरणबारे छलफल
साताको सेयर : परिसूचक करिब १ प्रतिशतले घट्दा, औषत कारोबार बढ्यो