
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत कालिकोट जिल्लामा अविरल वर्षाका कारण प्रभावित परिवारहरुलाई आवश्यक राहत सामग्री वितरण गरेको छ ।
कर्णाली प्रदेश पर्यटकीय तथा सांस्कृतिक संरक्षण केन्द्रसँगको समन्वयमा कालिकोट जिल्लाका शुभकालिका गाउँपालिका, महावै गाउँपालिका, खाँडाचक्र नगरपालिका तथा तिलागुफा नगरपालिकाका विभिन्न वडाका ५७ विपद् प्रभावित परिवारलाई आवश्यक राहत सामग्रीस्वरूप स्ट्याण्डर्ड डबल सिरक तथा डसना वितरण गरिएको हो ।
प्राकृतिक विपद्का कारण प्रभावित परिवारहरुलाई अत्यावश्यक न्यानो सामग्री उपलब्ध गराई उनीहरुको दैनिक जीवनयापनमा केही राहत पुर्याउने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको कम्पनीले जनाएको छ । दुर्गम क्षेत्रका विपन्न तथा विपद् प्रभावित परिवारसम्म राहत सामग्री पुर्याउने कार्यमा स्थानीय निकाय तथा सम्बन्धित संस्थाको समेत समन्वय रहेको थियो ।
राहत सामग्री वितरण कार्यक्रममा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका एजेन्सी म्यानेजर राजु सिजापतिको विशेष उपस्थिति रहेको थियो । उनले वितरण कार्यक्रमको समन्वय तथा व्यवस्थापन गर्दै प्रभावित परिवारहरुलाई राहत सामग्री हस्तान्तरण गरेका थिए ।












समाचार
फिफा विश्वकप २०२६: आज राउन्ड अफ ३२ का अन्तिम ३ खेलहरू हुँदै
एन्फा पदाधिकारीको विदेश यात्रा नरोक्न उच्च अदालत पाटनको अन्तरिम आदेश
बोश होम नेपालद्वारा अस्मी श्रेष्ठ ब्रान्ड एम्बेसडर नियुक्त
सात वटा विश्वविद्यालयमा एकैचोटी उपकुलपति नियुक्त
जनताको आकांक्षा पूरा हुने गरी काम गर्न सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
उच्च प्रतिफल दिने क्षेत्रमा लगानी बढाउनुपर्छ : गभर्नर पौडेल
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा भोला थापा नियुक्त
आयल निगममा ओभरटाइम भत्ता कटौती गर्ने सरकारको तयारी
नेपाल मर्चेन्ट बैंकर्स संघद्वारा सेबोनका नवनियुक्त अध्यक्षलाई बधाई तथा पुँजी बजार सम्बन्धित छलफल
आईपीओ ल्याउने तयारीमा बाजेको सेकुवा