
काठमाडौं । देशका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति पटक–पटक अवरुद्ध हुने तथा झ्याप–झ्याप जाने समस्या बढ्दै गएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले कार्यदल गठन गरेको छ ।
उक्त समस्या समाधानका लागि मन्त्रालयले सहसचिवको अध्यक्षतामा विशेष कार्यदल गठन गरेको छ । कार्यदललाई विद्युत् अवरोधका कारणहरूको अध्ययन, समस्या समाधानका उपायहरूको कार्यान्वयन तथा जनताले भोगिरहेका समस्याको प्रभावकारी सम्बोधन भए–नभएको सुनिश्चित गर्ने जिम्मेवारी दिइएको छ ।
ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठले जनताको गुनासो र समस्या तत्काल सम्बोधन गर्न सम्बन्धित निकायलाई निर्देशन दिए । लापरबाही वा कमजोरी देखिएमा आवश्यक कारबाहीको दायरामा ल्याउन समेत मन्त्री श्रेष्ठले भने । सोही आधारमा मन्त्रालयले कार्यदल गठन गरेर विद्युत् अवरोध हुनुको कारण, समस्या समाधानका उपायबारे सुझाव दिन भनेको हो ।
मन्त्रालयले विद्युत् आपूर्तिलाई थप भरपर्दो, गुणस्तरीय र नियमित बनाउँदै उपभोक्ताको विश्वास कायम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
पटक-पटक विद्युत् अवरुद्ध हुने समस्या जनताको दैनिक जीवनसँग सीधै जोडिएको छ। त्यसैले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले यो समस्याको सक्रिय अनुगमन र तत्काल समाधानको अभियान सुरु गरेको छ।
अभियानको पहिलो दिनको नतिजा:
हटलाइन ११५० र ११५१ मा २४ वटा गुनासा प्राप्त भए। अधिकांश गुनासा वीरगञ्ज क्षेत्रबाट आएका थिए – सबै समाधान भइसकेका छन्। काठमाडौंको न्युरोड क्षेत्रमा ट्रान्सफर्मर पड्किएर अवरुद्ध भएको विद्युत् आपूर्ति पनि मर्मत गरी पुनः सञ्चालनमा ल्याइएको छ।
प्राप्त सबै २४ वटा गुनासा शतप्रतिशत सम्बोधन भएका छन्।
विद्युत् आपूर्तिसम्बन्धी कुनै समस्या वा गुनासो भएमा:
हटलाइन: ११५० / ११५१
आवश्यक परेमा देहायका पदाधिकारीहरूलाई पनि सम्पर्क गर्न सक्नुहुनेछ:
नेपाल विद्युत् प्राधिकरण:
दीर्घायु श्रेष्ठ (प्रबन्ध निर्देशक) – ९८५१३१३९८२
प्रदेश सम्पर्क:
कोशी (विराटनगर): विनोद कुमार यादव – ९८५५०४०७६६
मधेश (जनकपुर): हरदेव प्रसाद गुप्ता कलवार – ९८५५०४४९१७
बागमती (काठमाडौं): सुधीर कुमार राय – ९८५११५०५२५
गण्डकी (पोखरा): महादेव भट्टराई – ९८५७०१०६२२
लुम्बिनी (बुटवल): उमेश कुमार शाह – ९८५२०२९१८९
कर्णाली (सुर्खेत): शशिभूषण साह – ९८५८०७२३९९
सुदूरपश्चिम: जंगबहादुर चन्द – ९८५८४८८५५५
हाम्रो मन्त्रालय अन्तर्गत हटलाइन मा कार्यरत कर्मट कर्मचारीहरू चौबीसै घण्टा सेवा उपलब्ध गराइराख्नुभएको जानकारी पनि गराउँदछौँ। साथै यी विषयहरुमा थप जानकारीहरु आफ्नो सम्बन्धित स्थानीय पालिकासँग लिन हुन पनि अनुरोध गर्दछौं।
जनताको गुनासोमा तत्काल सुनुवाइ र तत्काल समाधान – यो हाम्रो प्राथमिकता हो। बत्ती जानु सामान्य होइन, र हामी यसलाई सामान्य बन्न दिनेछैनौं।












समाचार
१४ वर्षसम्म पनि अधुरो कमला पुल निर्माण, सास्ती भोग्दै स्थानीय
भूकम्प प्रभावित क्षेत्रमा पुनःनिर्माणलाई तीव्रता दिइने, ५ अर्बको स्रोत सुनिश्चित : गृहमन्त्री गुरुङ
गढीमाई नगरपालिकाका नगर प्रमुखसहित ४ जना र निर्माण कम्पनीविरुद्ध २ करोड ५७ लाख भ्रष्टाचार मुद्दा
सरकारको सयदिने कार्यसूचीमा ८७.२ प्रतिशत प्रगति हासिल भएको अर्थमन्त्रीको दाबी
धान रोपाइँ झण्डै १३ प्रतिशतले कम
दैलेख दुर्घटना: कर्णालीमा बेपत्ता एक जनाको शव कैलालीमा भेटियो
बालेनले भेटे एडीबीका अध्यक्ष मासातो कान्डा
कालोसूचीमा सहजीकरण, कर्जा पुनरुत्थान र विद्युतीय सवारी प्रयोगमा जोड
बैंक शाखा विस्तार र बन्दमा लचक नीति, बैंकहरूको सञ्चालन खर्च घट्ने : मौद्रिक नीति
निजी क्षेत्रतर्फको कर्जा विस्तार ६.५ प्रतिशतमा सीमित