
म्याग्दी । मालिका गाउँपालिकामा निर्माणाधीन २५ मेगावाट क्षमताको दरवाङ-म्याग्दीखोला जलविद्युत् आयोजनाको सुरुङबाट निस्किएको ‘मकिङ’ सिधै म्याग्दी नदीमा फाल्दा जलचर सङ्कटमा पर्नुका साथै तटीय क्षेत्रमा बाढी र कटानको जोखिम बढेको छ ।
धवलागिरि कालिका हाइड्रो लिमिटेड प्रवर्द्धक रहेको आयोजनाको मालिका गाउँपालिका-६ कमेरेस्थित अडित नम्बर २ मा विस्फोटक पदार्थ प्रयोग गरेर सुरुङ खन्दा निस्किएको ढुङ्गा, माटो नीतिगत व्यवस्थाविपरीत धार नै परिवर्तन हुने गरेर म्याग्दी नदी र किनारमा फालेको हो ।
खोलामा मकिङ फाल्न थालेपछि म्याग्दी नदीमा माछालगायत जलचर पाइन छाडेको र बर्खायाममा बाढीको आयतन बढेर दरवाङ, बाबियाचौर, तातोपानी, सिङ्गा र बेनीमा कटानको जोखिम सिर्जना गरेको स्थानीयले गुनासो गरेका छन् ।
विस्फोटक पदार्थ मिसिएको ढुङ्गा माटोमा हुने रासायनिक पदार्थ जलचरका लागि प्रतिकूल हुने भएकाले नदीभन्दा बाहिर छुट्टै जग्गामा थुपार्नुपर्ने कानुनी व्यवस्था छ । डिभिजन वन कार्यालयका प्रमुख विष्णुप्रसाद अधिकारीले खोलामा फालेको र किनारमा थुपारेको मकिङ अन्यत्र व्यवस्थापन गर्न निर्देशन दिएको बताए । ‘जलविद्युत् आयोजनाको मकिङ जथाभावी फाल्दा वातावरणमा असर पर्छ, फोहर हटाउन निर्देशन दिएको छु’, उनले भने ।













समाचार
सामाजिक सञ्जालले फेरिएको व्यापार शैली
ठमेल प्लाजा होटलको साधारण सभा आज
किसानको गुनासो सुन्दै सिक्टा सिंचाइ, भौतिक प्रगति ५१ प्रतिशत
१४ वर्षमै आमा, २० प्रतिशत सुत्केरी २० वर्षमुनिका
मनाङका हिमतालको जोखिममा मर्स्याङ्दी नदी करिडोर
सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद, चालक फरार
माइतीघर मण्डलामा महिनौँदेखि राखिएका टेन्ट प्रहरीले हटायो, दिउँसोको प्रदर्शन भने नरोकिने
तेलको मूल्य घट्ने ट्रम्पको दाबी
आज सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै
मुगु केन्द्रबिन्दु भएर लगातार दुई पटक भूकम्प