
काठमाडौं । फिफा विश्वकप २०२६ को अन्तिम क्वार्टरफाइनलमा जित निकाल्दै अर्जेन्टिना अन्तिम ४ मा पुगेको छ । अतिरिक्त समयमा स्विट्जरल्यान्डलाई ३–१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेमिफाइनमा पुगेको हो ।
अर्जेन्टिनाका लागि एलेक्सिस म्याक एलिस्टर, जुलियन अल्भारेज र लौराटो मार्टिनेजले एक एक गोल गरे । डान एनडोयेले स्विट्जरल्यान्डका लागि गरेको गोल सान्वत्वना बन्न पुग्यो । खेलको १० औं मिनेटमा गोल गर्दै म्याक एलिस्टरले अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । रिकार्डाे रोड्रिगको असिस्टमा डान एनडोयेले स्विट्जरल्यान्डका लागि ६७ औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।
अमेरिकाको कान्सास सिटी स्टेडियममा खेलको ११२औं मिनेटमा अर्जेन्टिनाले अग्रता लिएको हो । जुलियन अल्भारेलले डिबक्सभन्दा बाहिरबाट उत्कृष्ट प्रहार गर्दे गोल गर्न सफल भए । १२१ औँ मिनेटमा मार्टिनेजले गोल गर्दै जित सुनिश्चित गरे । निर्धारित ९० मिनेटमा दुवैतर्फबाट १–१ को बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।












समाचार
हेलो सरकारमा गुनासा : विद्यालय र अभिभावकले कपाल छोटो बनाउन दबाब दिए
यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य
उपभोक्ताको रोजाइमा कर्णालीको स्याउ, भारतीय र चीनिया बिस्थापित हुंदै
फर्नान्डेसलाई पिएफए वर्षको उत्कृष्ट खेलाडीको अवार्ड
जलविद्युत् आयोजनाको सहयोगमा घुमाउनेताल–मौवाफाँट सडक कालोपत्र
विद्युत् ‘सर्ट’भएर आगलागी हुँदा दुई घर नष्ट, २६ लाख बराबरको क्षति
लाभांश प्रस्ताव पारित गर्न सुपर मादी हाइड्रोपावरको साधारणसभा आह्वान
सौर्य कृषि कम्पनीको वार्षिक साधारणसभा आह्वान, आईपीओ जारी गर्ने प्रस्ताव पारित गर्ने
के.वि. एल. सेक्यूरिटिजको साधारणसभा असोज २ गते, के-के छन् एजेण्डा ?
आँखुखोला जलविद्युतको सेयर रजिष्ट्रामा प्रभु क्यापिटल