
काठमाडौं । फिफा विश्वकप २०२६ को अन्तिम क्वार्टरफाइनलमा जित निकाल्दै अर्जेन्टिना अन्तिम ४ मा पुगेको छ । अतिरिक्त समयमा स्विट्जरल्यान्डलाई ३–१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेमिफाइनमा पुगेको हो ।
अर्जेन्टिनाका लागि एलेक्सिस म्याक एलिस्टर, जुलियन अल्भारेज र लौराटो मार्टिनेजले एक एक गोल गरे । डान एनडोयेले स्विट्जरल्यान्डका लागि गरेको गोल सान्वत्वना बन्न पुग्यो । खेलको १० औं मिनेटमा गोल गर्दै म्याक एलिस्टरले अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । रिकार्डाे रोड्रिगको असिस्टमा डान एनडोयेले स्विट्जरल्यान्डका लागि ६७ औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।
अमेरिकाको कान्सास सिटी स्टेडियममा खेलको ११२औं मिनेटमा अर्जेन्टिनाले अग्रता लिएको हो । जुलियन अल्भारेलले डिबक्सभन्दा बाहिरबाट उत्कृष्ट प्रहार गर्दे गोल गर्न सफल भए । १२१ औँ मिनेटमा मार्टिनेजले गोल गर्दै जित सुनिश्चित गरे । निर्धारित ९० मिनेटमा दुवैतर्फबाट १–१ को बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम