
काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा चालु खाता र शोधनान्तर स्थिति दुवै बलियो देखिएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार जेठ महिनासम्मको अवधिमा चालु खाता ८०२ खर्ब भन्दा बढी र शोधनान्तर स्थिति ९२६ अर्बले बचतमा रहेको हो ।
समीक्षा अवधिमा चालु खाता रु.८०२ अर्ब ६ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.३२१ अर्ब ७४ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ३७ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा ५ अर्ब ५३ करोडले बचतमा रहेको छ ।
समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर रु.१७ अर्ब ३ करोड रहेको छ । अघिल्लो वर्षकोसोही अवधिमा यस्तो ट्रान्सफर रु.८ अर्ब ९६ करोड रहेको थियो । यसैगरी, समीक्षा अवधिमा रु.२२ अर्ब ८२ करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी
मात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) रु.११ अर्ब ७ करोड रहेको थियो । समीक्षा अवधिमा शोधनान्तर स्थिति रु.९२६ अर्ब ६ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.४९१ अर्ब ४४ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३ अर्ब ६२ करोडले बचतमा रहेकोशोधनान्तर स्थिति समीक्षा अवधिमा ६ अर्ब ३९ करोडले बचतमा रहेको छ ।













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम