कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ

काठमाडौं । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष आयोजित समारोहमा शाहीले शपथ ग्रहण गरेका हुन्।

नेकपा कर्णाली प्रदेश संसदीय दलका नेता शाही एमालेको समर्थनमा मंगलबार मुख्यमन्त्री नियुक्त भएका थिए। ४० सदस्यीय प्रदेश सभामा सभामुखबाहेक एमालेका ९ र नेकपाका १४ सांसदको समर्थनसहित उनीसँग २३ सदस्यको बहुमत रहेको छ।

शाही यसअघि कर्णाली प्रदेश सरकारमा भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन्। केन्द्रमा एमाले र नेकपाबीच भएको तीनबुँदे सत्ता सहमतिपछि सात प्रदेशमध्ये कर्णालीबाट पहिलो पटक सत्ता परिवर्तन कार्यान्वयनमा आएको हो।

यसअघि एमालेका यामलाल कँडेल मुख्यमन्त्री थिए। केन्द्रमा भएको नयाँ राजनीतिक सहमतिपछि उनले पदबाट राजीनामा दिएका थिए।

फेसबुक प्रतिक्रिया

ताजा अपडेट