
काठमाडौं । सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै राहदानी विभाग (त्रिपुरेश्वर) ले सार्वजनिक बिदाका दिनहरु शनिबार र आइतबार पनि राहदानी (पासपोर्ट) आवेदन फाराम खुलाउने भएको छ। विभागले एक सूचना जारी गर्दै आगामी सोमबारसम्म (साउन १८ गतेसम्म) सार्वजनिक बिदाका दिनहरुमा समेत आवेदन फाराम उपलब्ध गराइने जानकारी गराएको हो।
वैदेशिक रोजगार विभागले साउन १४ गते प्रकाशित गरेको सूचना अनुसार दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (ईपीएस) का लागि आवेदन भर्ने म्याद थप गरेपछि राहदानी विभागले पनि सोही विषयलाई ध्यानमा राखेर फाराम संख्या बढाउने निर्णय गरेको छ। विभागका अनुसार ईपीएस आवेदनका लागि राहदानी आवश्यक पर्ने परीक्षार्थीहरुलाई लक्षित गरी हाललाई थप आवेदन फाराम खुला गरिनेछ।
राहदानी विभागले अनलाइन फाराम भर्दा सेवाग्राही स्वयंले उल्लेख गरेको मिति र समयमा नै विभागमा उपस्थित भई राहदानी सम्बन्धी सेवा लिन अनुरोध गरेको छ। तोकिएको समयमा उपस्थित भइदिँदा सेवा प्रवाह थप व्यवस्थित र सहज हुने विभागको विश्वास छ।













समाचार
प्रधानमन्त्रीको सम्बोधन : नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन अपिल (पूर्णपाठ)
सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
मोरङमा सामाजिक सद्भाव कायम राख्न अपिल
दूधको भुक्तानी नपाउँदा दमकका दुई सय किसान समस्यामा
गृहमन्त्री सुदन गुरुङ विराटनगर प्रस्थान
राष्ट्रपतिको अपिल- सबै मिलेर आपसी सद्भाव र राष्ट्रिय एकता कायम राखौँ
राष्ट्रिय हित र शान्ति स्थापनाका लागि सबै एकजुट हौँ : पूर्वप्रधानमन्त्री ओली
तराईको तनावपूर्ण स्थितिलाई साम्य पारी दिगो शान्ति स्थापना गर्नका लागि सबैले सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न महासंघको आग्रह
नेपालीबीचको एकता र सद्भाव खलबलिनु दुःखद : पूर्वराजा शाह